बुधबार, असार ३१, २०८३

कौडाखालमा प्रहरी छापा, १७ जना समातीए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले कौडा खेलिरहेका १७ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौको जडिबुटीस्थित होटल कोजी ईन तथा थकाली भान्छा घरको कोठा नं २०६ मा कौडा खेलिरहेका उनीहरुबाट चारलाख पन्ध्र हजार पाँच सय पचास नगद तथा १६ थान कौडा बरामद गरेको छ।

गोप्य सुचनाको आधारमा नयाँ बानेश्बर प्रहरीको टोलिले उनिहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा होटलका सञ्चालक रामेछाप नमाडी-४ का भुबन खड्का, रामेछाप नगरपालीका १ का रमेश कार्की, हिलदेवी ३ का नारद खडका, दोलखा गौरीश्वरी ५ का रंजन खडका, रामेछाप दोरंम्बा २ का मोहन कंडेल, मन्थली २ का प्रकाश थापा,  हेटौडा ४ का श्यामकाजी मर्हजन, काठमाडौं मनहरा ९ का कुमार बोहरा, बुढमनिलकण्ठ  १० का सरोज घले, चाबहिलका जिबन पाठक, रहेका छन।
 
त्यस्तै पक्राउ पर्नेका महोत्तरी गौसाला ९ का विरेन्द्र सिंह, नुवाकोट शिवपुरी ९ का कुमार खड्का, लेखुगाँउका केदार बुढाथोकी,  काभ्रे बनेपा ६का राम लामा तथा गोरखा खाप्लाङकी गंगामाया छन।

पक्राउ १७ जनालाई आजै जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई अनुसन्धान भैरहेको छ। उनिहरुलाई जुवा ऐन अन्र्तगत मुद्धा चलाइने प्रहरी परीसर काठमाडौंले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।