बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • विराटनगरको मेयरमा शेखर समूहका नागेश कोइरालालाई टिकट दिने देउवाको निर्णय

विराटनगरको मेयरमा शेखर समूहका नागेश कोइरालालाई टिकट दिने देउवाको निर्णय

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

Kumaribank

कांग्रेस मोरङका उपसभापति रहेका युवा नेता कोइराला संस्थापन इतर समूहका नेता शेखर कोइराला निकट मानिन्छन्।  सुरुमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यद्वय अमृत अर्याल वा डिला संग्रौलामध्ये एक जनालाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए। 

शेखर कोइराला भने सुरुदेखि नै नागेशलाई टिकट दिनुपर्ने अडानमा थिए। नेता कृष्ण सिटौलाले भने वर्तमान मेयर भीम पराजुलीलाई नै दोहोर्‍याउनुपर्नेमा जोड दिएका थिए। 

कांग्रेस विराटनगर महानगर समितिले कोइराला, संग्रौला र अर्यालको नाम केन्द्रमा सिफारिस गरेको थियो।

प्रकाशित: Apr 25, 2022| 11:41 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।