आइतबार, मंसिर ७, २०८२

प्रिमियर लिगमा चेल्सी र लिभरपुलको जित

चेल्सीको घरेलु मैदानमा सम्पन्न भएको खेलमा पाहुना टिम वेस्ट ह्यामलाई १-० ले हराउँदै चेल्सीले जित निकालेको हो। जितका लागि क्रिस्टियन पुलिसिचले अन्तिम मिनेटमा निर्णाययक गोल गरेका थिए।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीइल) मा आइतबार राति चेल्सी र लिभरपुलले जित निकालेका छन्।चेल्सीको घरेलु मैदानमा सम्पन्न भएको खेलमा पाहुना टिम वेस्ट ह्यामलाई १-० ले हराउँदै चेल्सीले जित निकालेको हो। जितका लागि क्रिस्टियन पुलिसिचले अन्तिम मिनेटमा निर्णाययक गोल गरेका थिए।

National life

त्यसअघि खेलको ८७औं मिनेटमा चेल्सीले पेनाल्टीको सुनौलो अवसर पाएको थियो। खेलको ८६औं मिनेटमा वेस्ट ह्यामका क्रेइग डसनले फरवार्ड रोमेलु लुकाकुलाई गोलस्कोरिङको अवस्थामा फउल गरेपछि उनले रोता कार्ड पाएका थिए।

त्यसपछि जर्गिन्होले प्रहार गरेका पेनाल्टी गोलमा परिवर्तन हुन सकेन। खेलको अन्तिम समयसम्म पनि गोलरहित बराबरी भएको थियो। तर अन्तिम मिनेटमा अलन्सोको पासमा पुलिसिचले गोल गर्दै जित निकालेका थिए।

यससँगै वेस्ट हामविरुद्ध चेल्सीले जितको लय कायम राखेको छ। पछिल्लो १६ खेलमा खेल्सीले एकपटक मात्र घरेलु मैदानमा वेस्ट हामसँग हार बेहोरेको छ। र, गएरातिको जितसँगै चेल्सीले ३२ खेलबाट ६५ अंक बनाएको छ।

आइतबार रातिकै अर्को खेलमा लिभरपुलले इभर्टनलाई २-० ले हराएको छ। एभर्टनले खेलको पहिलो हाफ बराबरीमा रोके पनि दोस्रो हाफमा एन्ड्रिउ रोबर्टसनले ६२ औं मिनेटमा र डोवोक आरिगीले ८५औं मिनेटमा गोल गरेर एभर्टनलाई हराएको थियो।

Laxmi sunrise bank
kumari

खेलमा क्रमममा ८३ प्रतिशत समय बलमा नियन्त्रण बनाएको लिभरपुलले एभर्टनको पोस्टतर्फ १८ प्रहार गरेको थियो। गएरातिको जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जम्मा गरेको छ। शीर्षस्थानको म्याचेस्टर सिटीको चाहिँ ८० अंक रहेको छ।

प्रकाशित: Apr 25, 2022| 09:15 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।