आइतबार, मंसिर ७, २०८२

आइपिएलमा मुम्बईको लगातार आठौं हार, शीर्ष चारमा लखनौं

लिगको सुरुबाटै निकै कमजोर खेलिरहेको मुम्बई दुई संस्कण अघिको विजेता समेत हो। उद्यपी उसले जित निकाल्न सकेको छैन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएलमा) चार पटकको उपाधि विजेता मुम्बई इन्डियन्स जारी आईपीएलको आफ्नो आठौं खेलमा पनि पराजित भएको छ। लिगको आठौं खेलमा मुम्बईले लखनौंसँग ३६ रनको हार बेहोरेको हो।

National life

लिगको सुरुबाटै निकै कमजोर खेलिरहेको मुम्बई दुई संस्कण अघिको विजेता समेत हो। उद्यपी उसले जित निकाल्न सकेको छैन्।

गएराति वांखडे रंगशालामा भएको खेलमा सुरुआति ब्याटिङ गरेको लखनौंले पुरा ओभर खेल्दै छ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। जवाफमा मुम्बईले आठ विकेट गुमाएर १३२ रन मात्र बनाएपछि लखनौले जित निकालेको हो।

खेलका प्लेयर अफ दि म्याच रहेका केएल राहुलले ६२ बलमा अविजित १०३ रन बनाएका थिए। यसबाहेक मनिष पाण्डेले पनि २२ रनको योगदान दिए। अन्य खेलाडीले चाहिँ सम्झनलायक प्रदर्शन गरेनन्।

त्यसक्रममा मुम्बईका किइरोन पोलार्ड र रिलेय मेरेडिथले समान २–२ विकेट लिएका थिए।

Laxmi sunrise bank
kumari

जवाफी ब्याटिङ रोहित शर्माले सर्वाधिक ३९ र तिलक वर्माले ३८ रन बनाएका थिए। यसबाहेक अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गरेनन्। बलिङतर्फ क्रुणल पाण्ड्याले तीन विकेट गिराएका थिए।

गएरातिको जितसँगै १० अंक बनाएको लखनौं भने लिगको चौथो स्थानमा उक्लिएको छ। यता लिग ताकालिकाको पुछारमा रहेको मुम्बईको शुन्य अंक छ।

प्रकाशित: Apr 25, 2022| 08:50 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।