बुधबार, असार ३१, २०८३

प्रचण्डले आफ्नो हत्या प्रयासबारे यस्तो खुलासा गरे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय पहिचानको सवाल उठाउदा आफ्नो हत्याको प्रयास भएको खुलासा गरेका छन्। 

नेपाल आदिवासी जनजाती महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल विषयक कार्यक्रममा मोहन वैद्य किरणको पार्टीले २०७० सालको निर्वाचनमा आफ्नो हत्या गर्न खोजेको खुलासा गरेका हुन्। 

पहिचान सहितका संघियता र संघियता सहितको संबिधान नारा बोकेर आफुहरु निर्वाचनमा गएको र त्यही बेला आफुमाथि बम प्रहार भएको उनले बताए । पहिचानको नारा बोक्दा बम नै हान्नुपर्ने कारण अझै बुझ्न नसकेको उनको भनाइ थियो। उनले भने, 'पहिचानको मुद्दा उठाउदा बैद्यजीहरुले किन मलाई मार्न खोज्नु भएको जान्न मन लागेको छ।'

प्रचण्डले नेपाली जनतामा सबैभन्दा ठूलो जागरण र ऐतिहासिक परिवर्तनको निम्ति सबैभन्दा ठूलो संघर्ष र बलिदानको नेतृत्व आफैंले गरेको दाबी गरे। १७ हजारको बलिदानमा सबै भाषाभाषी जातजातिले योगदान दिएको भन्दै उनले सबै जातजाति भाषाभाषी वर्ग समूदायको ऋण आफुमाथि रहेको बोध कायमै रहेको बताए। 

सोही कार्यक्रममा संगै बसेको नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरुले पहिचानको मुद्दालाई कहिल्यै नछोडेको जिकीर गरे। 

प्रचण्डले लगाएको आरोपका विषयमा केहि नबोलेका उनले शासनसत्ता र राज्यसत्ता पहिचान सहितको मुद्धामा गम्भीर नदेखिएको बताए। वैद्यले राणाशासन पञ्चायत शासन र अहिलेको शासनमा कुनै फरक नभएको टिप्पणी गरे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।