आइतबार, मंसिर ७, २०८२

घरेलु मैदानमा बार्सिलोनाको लगातार तेस्रो हार

भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना हार बेहोर्न बाध्य भएको हो।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भालेकानोसँग १-० अन्तरले पराजित भएको छ। बार्सिलोनाले लगातार तेस्रोपटक घरेलु मैदानमा पराजयको सामना गरेको हो।

National life

भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना हार बेहोर्न बाध्य भएको हो।

बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ। उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ।

हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ। समान अंकको सेभिया तेस्रो स्थानमा छ। जित निकालेको रायो भालेकानो ४० अंकसहित ११औँ स्थानमा छ।

प्रकाशित: Apr 25, 2022| 08:00 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।