बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्याय परिषद्को अधिकारमा सुनुवाइ समितिको हस्तक्षेप: डीएलए

न्याय परिषद्को अधिकारमा सुनुवाइ समितिको हस्तक्षेप: डीएलए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)ले संसदीय सुनुवाई विशेष समितिको पछिल्ला गतिविधिवाट न्याय परिषद र संवैधानिक परिषदको अधिकार क्षेत्रमा हस्तक्षेप भएको निष्कर्ष निकालेको छ।

संविधान र कानुनबमोजिम स्थापित दुवै निकायको निर्णयलाई चुनौती दिदै समितिले अधिकार क्षेत्रभन्दा बढी चलखेल गरेकोले संवैधानिक र कानूनी सिमाभित्र रहेर सुनुवाईका क्रममा उठेका विषयहरूको निरुपण गर्न माग गरेको छ।

डिएलएका महासचिव खेमराज पोखरेल र नवनिर्वाचित महासचिव लक्ष्मीदेवी रावल दाहालले संयुक्त रुपमा जारी विज्ञप्तीमा सुनवाईका लागि सिफारिस भएका प्रधानन्यायाधीश दिपकराज जोशीको सुनवाई प्रकृया चाँडो सम्पन्न गर्न आग्रह गरिएको छ।

‘सार्वजनिक ओहोदामा रहने व्यक्तिका वारेमा उठेका प्रश्नको जवाफ जनताले थाहा पाउनुपर्दछ, तर संविधानले कोरेको सीमाभन्दा माथी कुनै पनि निकाय रहन सक्दैन’, विज्ञप्तीमा भनिएको छ, ‘न्यायापालिकाको स्वतन्त्रता र गरिमाको संरक्षण गर्न सार्वभौम संसदीय सुनवाई समितिले जिम्मेबारपूर्ण निर्णय गर्ने छ।’

सुनवाई समितिका सदस्यहरुले दिएको गैरजिम्मेवार अभिव्यक्तिका सम्बन्धमा नेपाल डेमोक्रेटीक लयर्स एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले सरकारको प्रत्यक्ष दबाब देखिनुले गम्भीर प्रश्नहरू उव्जेको जनाएका छन्। 

‘यस्ता घटनालाई आधार बनाएर स्वतन्त्र न्यायलयमाथी नै प्रहार गर्न खोजिएको त होइन भन्ने प्रश्न खडा भएको छ’,विज्ञप्तीमा भनिएको छ ‘सुनवाई समितिको अनिर्णयले स्वतन्त्र न्यायपालिका तथा जनतामा रहेको न्यायालय प्रतिको आस्थामा कुठाराघात हुनसक्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।