बुधबार, असार ३१, २०८३

पर्यटन पत्रकार संघको अध्यक्षमा केसी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बुटवल- नेपाल पर्यटन पत्रकार संघ रुपन्देही (एन्टोज) को विशेष भेला बुटवलमा सम्पन्न भएको छ। संघका अध्यक्ष भुवन कार्कीको अध्यक्षता तथा सचिव तेजेन्द्र केसीको सन्चालनमा सम्पन्न विशेष भेलाले संघको जिल्ला अध्यक्षमा नरेश के.सी लाइ सर्वसम्बत रुपमा चयन गरेको छ।

अध्यक्षमा चयन भएका केसी यस अघि उक्त संघका उपाध्यक्ष थिए। विगत ९ वर्षदेखी रुपन्देहीमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार केसी पर्यटन पत्रकारितामा विशेष कलम चलाउने गर्दछन्। केसी अध्यक्षमा चयन भएसंगै संघको रिक्त रहेको अर्को पद उपाध्यक्षमा सैनामैना साप्ताहिकका सम्पादक टिका खरेल उपाध्यक्षमा चयन भएका छन्। यसैगरी संघको रिक्त रहेको सहसचिव पदमा गौतमबुद्ध सन्देश भैरहवाका सहसम्पादक रबिन्द्र गुप्ता चयन भएको संघका सचिव तेजेन्द्र केसीले जनाए।

संघको अध्यक्ष भुवन कार्की प्रदेश नं ५ को अध्यक्षमा, सहसचिव कपिल ज्ञवाली प्रदेश महासचिवमा र सदस्य दिनेश श्रेष्ठ प्रदेश सदस्यमा गएको साता निर्वाचित भएपछि संघको रिक्त पदपुर्ति गर्नेगरी संघले विशेष भेलाको आयोजना गरेको थियो।

संघको महिला उपाध्यक्षमा मिना ढकाल, सचिवमा तेजेन्द्र के.सी, कोषाध्यक्षमा मनिष पन्थ र सदस्यहरुमा स्वस्तीक श्रेष्ठ, कमल रायमाझी, माधव न्यौपाने, दिपक न्यौपाने, मिना पौडेल, कपिल अधिकारी, झबिन्द्र देवकोटा, डि आर संघार, विमल तिवारी, विमल पुरी, एन बि कडेंल, प्रदीप आचर्य, प्रकाश पाण्डे छन्।
 
विशेष भेलालाई प्रदेश अध्यक्ष कार्कीले सम्बोधन गर्दै नेपालको समृद्धिको आधार पर्यटन क्षेत्र भएकोले नेपाल पर्यटन पत्रकार संघले संस्थागत र सो संघ सम्बद्ध पत्रकारहरुले पर्यटन प्रवद्र्धन, संरक्षणमा विशेष रुपमा खोजमूलक समाचारमा जोड दिनुपर्ने बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।