सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विराटनगर महानगरमा ३ मेयरसहित ५६ जनाले गराए उम्मेदवारी दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा उम्मेदवारी दिएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

विराटनगर- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा उम्मेदवारी दिएका छन्।  

triton college

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका लागि जनमत पार्टीबाट एक जना र दुई जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। 

जसपा परित्याग गरेका उमेश यादवले स्वतन्त्रमा उम्मेदवारी दिएकाछन। विराटनगर वडा नम्बर २ का सकिय गौतमले पनि मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।  

निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले पहिलोदिन मेयरसहित वडाध्यक्ष र सदस्यमा  ५६ जनाले मनोनयन दर्ता गराएको बताए। उनका अनुसार १८ जना वडा अध्यक्ष र ३५ जनाले वडा सदस्यमा मनोनयन दर्ता गराएका छन्। 

राजनीतिक दलतर्फ जनमत, विवेकशील साझा पार्टी, नेपाल सदभावना पार्टी, लोसपा, नागरिक उनमुक्ति पार्टी, पिछडा वर्ग, निसाफ जनजाति पार्टीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्। ८ जनाले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। वडा नम्बर १० मा माधवराज वाग्लेले स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। वाग्ले ०७४ मा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

Metro Mart
vianet

प्रकाशित: Apr 24, 2022| 19:58 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।