बुधबार, असार ३१, २०८३

'मधेशी नेताकै कारण मधेश बर्बाद'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- संघीय समाजवादी फोरमका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मधेशी नेताले नै मधेश बर्बाद पारेको आरोप लगाएका छन्। मधेशी नेताहरुले बजेट सदुपयोग नगर्दा मधेश बर्बाद भएको उनको भनाइ छ।

बिहिबार जनकपुर पुगेका मन्त्री यादवले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मधेशमा पर्याप्त बजेट आएपनि मधेशी नेताहरुले सदुपयोग नगरेकोले मधेश विकसित हुन नसकेको जिकिर गरे।

पहाडमा बजेट सदुपयोग भएपनि मधेशमा हुन नसकेको उनले बताए। मधेश केन्द्रित दलका मधेशी नेता मात्र नभइ अन्य दलका मधेशी नेताहरुले समेत बजेट सदुपयोग गर्न नसकेको यादवको भनाइ छ। उनले मधेशमा उपभोक्ता समिति गठन गरेर विकास नगरी कमिसन खाने परम्परा व्याप्त रहेकोले विकास अगाडी बढ्न नसकेको उल्लेख गरे।

जनकपुरलाई फोहोर शहर बताउँदै यादवले सरसफाईको लागि आएको बजेट नेताहरुले दुरुपयोग गरेको टिप्पणी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।