बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निरुदेवीलार्इ पेस्तोल देखाउने काण्डमा ८० जना पक्राउ

निरुदेवीलार्इ पेस्तोल देखाउने काण्डमा ८० जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीकी सांसद तथा संसदीय विशेष सुनुवाइ समितिकी सदस्य निरुदेवी पाललार्इ पेस्तोल प्रहार गर्ने घटनामा संलग्न भएको भन्दै ८० जनालार्इ पक्राउ गरेको छ। 

उनीहरुलार्इ बिहीबार बिहानैदेखि बेलुकासम्म काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक मोहन कुमार थापाले नेपाल समयलार्इ जानकारी दिए। 

उनीहरुमाथि अनुसन्धान भइरहेको थापाले बताए। थापाका अनुसार उनीहरुलार्इ अहिले नयाँ बानेश्वर वृतमा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजि भइरहेको छ। 

सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कदै गर्दा उनलार्इ पेस्तोल तेर्स्याएको थियो। उनले बुधबारको संसदीय समितिको बैठकमा आक्रमण भएको जानकारी दिएकी थिइन्। 

सरकारले संसदीय सुनुवाइ समितिका सदस्यहरुलार्इ सुरक्षा व्यवस्था गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।