शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भरतपुरको मेयरका लागि सात जनाको मनोनयन दर्ता, पौडेलले वागी उम्मेदवारी दिने

भरतपुरको मेयरका लागि सात जनाको मनोनयन दर्ता, पौडेलले वागी उम्मेदवारी दिने

चितवनको भरतपुर महानगरपालिका प्रमुख पदका लागि आइतबार दिउँसोसम्ममा ७ जनाले मनोनयन दर्ता गराएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका प्रमुख पदका लागि आइतबार दिउँसोसम्ममा ७ जनाले मनोनयन दर्ता गराएका छन्। ७ मध्ये ४ जनाले स्वतन्त्र मनोनयन दर्ता गराएका छन् भने ३ जनाले राजनीतिक दलका तर्फबाट मनोनयन दर्ता गराएका हुन्। 

National life

स्वतन्त्रमा रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल र रामकृष्ण ओझाले दर्ता गराएका छन् भने राजनीतिक दलबाट नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेशनल अर्गनाइजेसनबाट टेकबहादुर पुनले दर्ता गराएका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदीलगायतले भने मनोनयन दर्ता गराउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए।  

ठूला दलहरुले भने सोमबार मात्रै मनोनयन गर्ने बताइएको छ। एमालेले राप्रपासँग तालमेलका लागि अन्तिम कसरत गरिरहेको र सत्ता गठबन्धन दलहरुका बीचमा सिट बाँडफाँडबारे अन्तिम टुंगो नलागिसकेकोले भोलिमात्रै उम्मेदवारी मनोनयन गर्ने जनाएका छन्। 

नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले आज उम्मेदवारी दर्ताको कार्यक्रम नरहेको बताए। भोलि दिउँसो १ बजे चौबिसकोठीबाट झाँकी र बाजागाजासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको अधिकारीले बताए। एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भरतपुर र माडीको उपमेयर सम्भावित राप्रपाका लागि खालि राखेर अन्य पालिकामा उमेदवार टुंगो लगाएको बताए।

यसैबीच, भरतपुर महानगरमा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल मेयरमा बागी उम्मेदवार बन्ने भएका छन्। नेपाली कांग्रेस पार्टी कार्यालयमा उनले आज उम्मेदवारीको घोषणा गरेका हुन्। भरतपुर महानगरपालिका–७ का पौडेल पूर्वसांसद तथा भरतपुरको पूर्व उपमेयरसमेत हुन्। भरतपुरको मेयरमा सत्ता गठबन्धनले माओवादीकी रेणु दाहाललाई उम्मेदवार बनाउने भएसँगै चितवन कांग्रेसमा असन्तुष्टि चुलिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 24, 2022| 15:25 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।