आइतबार, जेठ १७, २०८३

प्रदेश १ का दुई सांसदले राजीनामा दिए, मेयरमा उम्मेदवारी दिने

आशन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि प्रदेश १ का दुई एमाले सांसदले पदबाट राजीनामा दिएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

विराटनगर– आशन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि प्रदेश १ का दुई एमाले सांसदले पदबाट राजीनामा दिएका छन्।

National life

झापाका एमाले सांसद गोपालचन्द्र बुढाथोकी र इलामका सांसद काजीमान कागतेले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए।

बुढाथोकीले मेचीनगरको नगर प्रमुखमा उम्मेदवारी दिँदैछन्। उनी झापा १ को निर्वाचन क्षेत्र नम्बर ख बाट निर्वाचित भएका थिए। 

इलामका कागतेले पनि सूर्योदय नगरको मेयरमा टिकट पाएपछि राजीनामा दिएका हुन्। इलाम १ को निर्वाचन क्षेत्र नम्बर ख बाट उनी निर्वाचित भएका हुन्। 

प्रदेश सभामा एमालेका ४१ सांसद छन्। २ जनाले राजीनामा दिएपछि प्रदेशसभामा एमाले सांसदको संख्या ३९ पुगेको छ। यसअघि एमालेका १० सांसद नेकपा एकीकृतमा गएका थिए।

Shivam cement


प्रकाशित: Apr 24, 2022| 15:10 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।