बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कर छलिको आरोपमा पाँच व्यवसायीविरुद्ध मुद्दा दर्ता, ३६ करोड ११ लाख विगो माग

कर छलिको आरोपमा पाँच व्यवसायीविरुद्ध मुद्दा दर्ता, ३६ करोड ११ लाख विगो माग

राजस्व अनुसन्धान विभागले आयकर र मूल्य अभिवृद्धि कर छलिको आरोपमा ५ जना व्यवसायी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– राजस्व अनुसन्धान विभागले आयकर र मूल्य अभिवृद्धि कर छलिको आरोपमा ५ जना व्यवसायी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ। मनिषकुमार अग्रवाल, हितेषकुमार अग्रवाल, विमल अग्रवाल, दिपेन्द्रकुमार अग्रवाल, विमल अग्रवाल र प्रतिम महर्जन विरुद्ध विभागले मुद्दा दर्ता गराएको हो। 

National life

मनिषकुमार अग्रवाल शुलक्ष्मी इन्टरनेशनलका प्रोप्राइटर तथा गणपति ट्रेड लिंक, एच बि ट्रेड एण्ड सप्लायर्स र एमके इन्टरनेशलनका मुख्य कारोवारी हुन्। त्यसैगरी हितेष कुमार अग्रवाल एच बि ट्रेड एण्ड सप्लायर्सका साझेदार तथा गणपति ट्रेड लिंकका सञ्चालर र एम के इन्टरनेशनलका कारोबारी हुन्। 

यसैगरी प्रतिम महर्जन एम के इन्टरनेशलनका संस्थापक, विमल अग्रवाल एच बि ट्रेड एण्ड सप्लायर्सका साझेदार र दिपेन्द्रकुमार अग्रवाल गणपति ट्रेड लिंकका संस्थापक हुन्। सबै फर्महरुले राजस्व चुहावट गर्ने उद्देश्यले जालसाजीयुक्त नक्कली तथा किर्ते भ्याट विजक खरिद गरी झुटा वित्तीय विवरणहरु तयार पारेको विभागको दाबी छ।  

उक्त कार्य आयकर ऐन २०५८ र मूल्य अभिवृद्धि कर ऐन २०५२ तथा नियमावली विपरित देखिएकाले मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। विभागले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित गरे बमोजिमको कसुर गरेको पुष्टी हुन आएकाले सोही ऐनको दफा २ (छ) अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) बापत ५ करोड ४४ लाख ९३ हजार तथा आयकर तर्फ १२ करोड ६० लाख गरी कुल १८ करोड ५ लाख रुपैयाँ र सोहीबराबर जरिवाना गरी

३६ करोड ११ लाख बिगो माग दाबी गरेको छ। साथै ऐनमा व्यवस्था भएबमोजिमको कैद सजाय हुने मागदाबी सहित अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ।

Shivam cement

प्रकाशित: Apr 24, 2022| 14:46 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्