आइतबार, मंसिर ७, २०८२

जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ ७ देखि

आउँदो जेठ ७ देखि ९ गतेसम्म लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– आउँदो जेठ ७ देखि ९ गतेसम्म लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ। आयोजक स्पिन इभेन्ट्सले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगीताबारे जानकारी दिएको हो।

National life

पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्व। मिलन श्रेष्ठको सम्झनामा यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। यो प्रतियोगिताको लागि व्यवसायी सर्बन सिपालुले प्रायोजन गरेका छन्। सर्बन र मिलन मिल्ने साथी रहेको आयोजकले जानकारी दिएको छ।

प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो। 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल सहित देशभरका विभिन्न जिल्ला तथा क्लवका खेलाडीहरुले सहभागीता जनाउने आयोजकले बताएको छ।

प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स, जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स, क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गर्ल्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धा छन्।

Laxmi sunrise bank
kumari

प्रतियोगिताको अनुमानित बजेट ९ लाख रुपैयाँ रहेको आयोजकको दाबी छ। जहाँ जुनियर ब्वाइज गर्ल्स तथा क्याडेट ब्वाइज गर्ल्स सिंगल्स स्पर्धामा प्रथम, द्वितीय र तृतीय दुवै सेमी फाइनलिष्टहरूलाई क्रमशः २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार साथै ब्वाइज गर्ल्स सिंगल्स १२ वर्ष मुनि तथा भेट्रान्स ४०–५०–६० वर्षमाथि सिंगल्स तर्फ प्रथम, द्वितीय र तृतीय दुवै सेमी फाइनलिष्टहरूलाई क्रमशः १० हजार, पाँच हजार र दुई हजार ५०० पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।

प्रकाशित: Apr 24, 2022| 14:36 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।