काठमाडौं– हिजो शनिबारमात्रै जनता समाजवादी पार्टी त्यागेको घोषणा गरेका उमेश यादवले महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीबाट विराटनगर महानगरको मेयरमा टिकट नपाउने भएपछि उनले जसपा त्यागेका थिए। सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार विराटनगरको मेयर नेपाली कांग्रेसले पाएको छ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेका यादवले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाट महानगरको मेयर लडेका यादव तेस्रो भएका थिए।