काठमाडौं– वाणिज्य बैंकहरुले सरकारलाई २१ अर्ब १८ करोड बराबरको आयकर तिरेका छन्। चालू आर्थिक वर्षको ९ महिना (चैत मसान्तसम्ममा) वाणिज्य बैंकहरुले सो रकम बराबरको आयकर तिरेका हुन्।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३२ प्रतिशत कम हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकहरुले सरकारलाई २१ अर्ब ९१ करोड बराबरको आयकर तिरेका थिए।
कोभिड सकिएपछि त्यसको असर, तरलता अभावका कारण कर्जा विस्तारमा लगाइएको रोकका कारण वाणिज्य बैंकहरुको नाफा खुम्चिएपछि सरकारलाई तिर्ने राजस्वमा पनि गिरावट आएको हो।
चैत मसान्तसम्ममा सबैभन्दा बढी एनआइसी एसियाले १ अर्ब २८ करोड रुपैयाँ आयकर तिरेको छ। त्यस्तै यो अवधिमा सबैभन्दा कम बैंक अफ काठमाण्डूले ३४ करोड रुपैयाँ मात्र राजस्व तिरेको छ।