बिहीबार, चैत १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले इलामको पार्टी कार्यालयमा असन्तुष्ट समूहको तालासहित सामूहिक राजीनामा

एमाले इलामको पार्टी कार्यालयमा असन्तुष्ट समूहको तालासहित सामूहिक राजीनामा

नेकपा एमाले इलामको पार्टी कार्यालयमा नगर कमिटीले तालाबन्दी गरको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं–  नेकपा एमाले इलामको पार्टी कार्यालयमा नगर कमिटीले तालाबन्दी गरको छ। शनिबार साँझ पार्टीको उम्मेदवारीबारे असन्तुष्टि जनाउँदै कमिटीले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।

National life

यसअघि शनिबार इलाम नगरपालिकाको मेयरमा नरेन्द्रनाथ भट्टराईको नाम एमालेले सिफारिस गरेका सूचनाहरु सामाजिक सञ्जालमा छाएका थिए। त्यसपछि कमिटीले ‘पार्टीको परामर्शविपरीत अमूक व्यक्ति’लाई मेयरमा सिफारिस गरेको भन्दै त्यसको विरोध गरेका हुन्।

नगर कमिटीका अध्यक्ष तिलक ठकुरीसहित २२ जनाले कार्यालयमा तालाबन्दी गरेर सामूहिक राजीनामा पनि दिएका छन्।

एमाले इलामको नगरक मिटीका साथै भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल इलाम शाखाका अध्यक्ष चन्द्र पाठक, रिटर्नी फेडेरेशन नेपाल इलामका अध्यक्ष हेमन्त आचार्यले समेत राजीनामा दिएका हुन्।

एमालेबाट इलाम नगरपालिकाको मेयरका लागि भट्टराईसँगै धिरेन चेम्जोङ, कृष्ण श्रेष्ठ लगायतको नाम सिफारिस भएको थियो। तर सो निर्णयका विरोधकर्ताहरुले धिरेन चेम्जोङलाई सिफारिस गर्नुपर्ने माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन्। त्यस्तै बन्दकर्ताहरुले जनाधार नभएको पार्टीलाई टिकट दिएको भन्ने आरोप पनि लगाएका छन्।

kumari



प्रकाशित: Apr 24, 2022| 13:43 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।