बुधबार, वैशाख २३, २०८३

केशव स्थापितले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

केशव स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

National life

काठमाडौं- केशव स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्। नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखको टिकट पाएसँगै स्थापितले प्रदेश सभाबाट राजीनामा दिएका हुन्।

शनिबार राति एमालेले उनलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। आइतबार उनले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिएका छन्।

२०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा स्थापित काठमाडौं ६ (१) बाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार न्हुछेनारायण मानन्धरलाई पराजित गरेका थिए।

प्रकाशित: Apr 24, 2022| 11:39 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।