सोमबार, असोज १२, २०८३

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेकोमा आइतबार ४०० रुपैयाँले सस्तिँदै एक लाख ५०० रुपैयाँमा झरेको हो। 

तेजाबी सुनको मूल्य पनि आज ५०० रुपैयाँले घटेको छ। तेजाबी सुन आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल महासंघले जनाएको छ।

गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कारोबार भएको थियो। तर, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। 

गत शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो।

प्रकाशित: Apr 24, 2022| 11:34 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्