आइतबार, मंसिर ७, २०८२

एपीएफको दबदबा तोड्दै पुलिसले जित्यो महिला गोल्डकपको उपाधि

अर्को विभागीय ठिम नेपाल एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

धनगढी- अर्को विभागीय ठिम नेपाल एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा एपीएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। 

National life

वनदेवी युवाक्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा पुलिस क्लबले सशस्त्र प्रहरीको महिला टिमको दबदबा समेत तोडेको छ। नभएर लिगमा सबैजसो खेलमा जित निकाल्ने एपीएफ महिला टिममध्ये किनै बलिया मानिएको छ।

पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन्। उनी फाइनलको प्लेयर अफ द म्याच पनि भइन्। उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेतामा सिमित एपीएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला विक सर्वोकृष्ट खेलाडी भइन्। उनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन्।

प्रतियोगिताका अधिकांश विधामा पुलिसकै दबदबा रह्यो। पुलिसकी पूजा राना उत्कृष्ट रक्षक, उषानाथ उत्कृष्ट गोलरक्षक र सञ्जीव जोशी उत्कृष्ट प्रशिक्षक भए। एपीएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर भइन्। उनीहरूले जनही १० हजार सहित ट्रफी पाएका छन्। 

वैशाख ०३ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो। धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिता शनिबार राति १० बजे सम्पन्न भएको थियो। प्रतियोगिताको मुख्य प्रवर्द्धकमा सुप प्रदेश खेलकुद परिषद् रहेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 24, 2022| 09:10 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।