मंगलबार, फागुन १९, २०८२

बायर्नले जित्यो लगातार १०औं पटक बुन्डेसलिगाको उपाधि

बायर्नले लगातार १०औं पटक उपाधि जितेको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- बायर्नले लगातार १०औं पटक उपाधि जितेको छ। जर्मनमा शनिबार सम्पन्न खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्नले उपाधि जितेको छ। उसले लिगमा सन् २०१३ यता सबै उपाधि जितेको छ।

यससँगै जुलियन नागेल्समेनको टिमले फेरि एकपटक घरेलु लिगमा आफ्नो दबदबा कायम राख्न सफल भएको छ। यससँगै उसले तीन खेल बाकी रहँदै १२ अंकको अग्रता बनाएर लिग जितेको हो।

लेवान्डोस्कीले गोल गर्नुअघि सर्ज गन्याब्रीको भली प्रहारमा बायर्नले अग्रता बनाएको थियो। लेवान्डोस्कीले ३५ औं मिनेटमा गोल गरेपछि बायर्नल पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा डर्टमन्का इम्री क्यानले गोल फर्काएका थिए।

तर, जमल मुसियालले अन्तिममा बायर्नका लागि गोल गर्दै जितलाई ३-१ को अन्तरसम्म पुर्‍याएका थिए।

यसअघि बार्यनले च्याम्पियन्स लिगमा भिल्लारियलसँग अश्विासनीय हार बेहोरेपछि प्रशिक्षक नागेल्समेनलाई सर्थकले कुटपिट र ज्यानमार्ने धम्की दिएका थिए।

kumari

यता बायर्नका फरवार्ड थोमस मुलर भने लगातार ११ पटक उपाधि जित्ने पहिलो जर्मन खेलाडी भएका छन्। उनले भने, ‘लगातार धेरै उपाधि जितेको रेकर्ड बनाउने कीर्तिमान कायम गर्ने अवसर प्राप्त भयो। यसअघि केही अप्ठ्यारा थिए। तर, हामी मुभ अन भइसक्योँ।’

बायर्नले जारी लिगमा पनि लगातार नवौं जित निकालेको छ भने यो वर्ष चारपटक मात्र हारको सामना गरेको छ।

प्रकाशित: Apr 24, 2022| 09:00 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।