आइतबार, मंसिर ७, २०८२

पीएसजीले उपाधि जित्यो, फ्यान भने खेल नसकिँदै बाहिरिए

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको उपाधि पिएसजीले जितेको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको उपाधि पिएसजीले जितेको छ। शनिबार राति उसले लेन्ससँग १–१ को बराबरी गरे पनि उपाधि जितेको हो। पीएसजीका लागि एकमात्र गोल लियोनेल मेस्सीले गरेका थिए।

National life

खेलको ५७ औं मिनेटमा केभिड डियान्सोले दोहोरो पहेँलो कार्डको सजाय बेहोर्दै मैदानबाट बाहिरिएपछि पीएसजीको मैदानमा पाहुना टिम १० खेलाडीमा समेटिएको थियो। १० खेलाडीमा समेटिएको टिमविरुद्ध पनि उसले जित निकाल्न नसकेपछि समर्थकहरू आक्रोशित बनेका थिए।

उनीहरूले रंगशालाको बाहिर खेलाडी बेगर नै उपाधि उत्सव मनाएका थिए। यो पटक लिग वानले १० औं पटक उपाधि जितेसँगै उसले रेकर्ड बराबर गरेको छ। लिग वानमा सेन्ट इटिएन क्लबले बनाएको सर्वाधिक १० उपाधिको रेकर्ड यो वर्ष पीएसजीले बराबरी गरेको हो।

यो वर्ष माहोरिसियो पचेतिनोले आफू प्रशिक्षक बनेपछि जितेको पहिलो लिग उपाधिसमेत हो। ‘हामी समर्थकसँगको अप्ठ्यारो समयबाट गुज्रिरहेका छौं। तर यो सम्बन्ध सुधार हुँदै जाने आशा गर्दछौं। हामी लोकतन्त्रलाई मान्छौं र सबै प्रकारका आन्दोलन स्वीकार गर्छौं। तर हामीले यो उपाधिका लागि सम्मान दिन सक्नुपर्छ,’ खेलपछि प्रशिक्षक पोचेतिनोले भनेका छन्।

पीएसजीले पछिल्लो समय च्याम्पियन्स लिगमा रियल मड्रिडसँग हार बेहोरेपछि उसका समर्थकहरू क्लब र खेलाडीसँग आक्रोशित भएका छन्। यसकारण खेलको अन्तिम घण्टी बज्नुभन्दा १५ मिनेट अघि नै समर्थकले रंगशाला छोडेर बाहिर उत्सव मनाएका थिए। उनले खेलाडीसँग उत्सव मनाउनुका साटो बाहिर मनाएका हुन्।

Laxmi sunrise bank
kumari

‘जुन कुरा मैले बुझिरहेको छैन त्यसका लागि धन्यवाद,’ खेलपछि मिडफिल्डर मार्को भेराट्टीले भने, ‘उनीहरू मड्रिडमा भएको कुराले बेखुसी छन्। तर हामीले यहाँबाट अघि बढ्न सिक्नुपर्छ।’

त्यस्तै पीएसजीका कप्तान माक्र्विन्होसले आजको वातावरण लाजमार्दो भएको बताएका छन्।

पीएसजीले पहिलो पटक लिगको उपाधि सन् १९८६ मा जितेको थियो। त्यसपछि सन् १९९४ मा पनि जितेको थियो। उसले २०१३ पछि लगातार चार उपाधि जितेको थियो भने २०१८ पछि लगातार तीन उपाधि जितेको थियो।

पछिल्लो दशकमा उसले आठ उपाधि  जितेको छ। तर च्याम्पियन्स लिग भने जित्न सकेको छैन।

प्रकाशित: Apr 24, 2022| 08:50 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।