बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल : कोलकत्तालाई हराउँदै गुजरात शीर्षस्थानमा, अर्को खेलमा हैदराबादको जित

आईपीएल : कोलकत्तालाई हराउँदै गुजरात शीर्षस्थानमा, अर्को खेलमा हैदराबादको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राईडर्सलाई हराउँदै गुजरात टाइटन्स लिगको शीर्षस्थानमा उक्लिएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राईडर्सलाई हराउँदै गुजरात टाइटन्स लिगको शीर्षस्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न भएको खलमा गुजरातले ८ रनको साँघुरो जित निकालेको हो।

टस जितेर सुरुआति ब्याटिङ गरेको जुगरातले पुरा ओभर खेल्दै नौ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। जवाफमा कोलकत्ताले निर्धारित २० ओभर खेल्दै आठ विकेट गुमाएर १४८ रन जोड्न सक्यो।

खेलमा म्लेयर अफ दि म्यचसमेत रहेका रसिद खानले चार ओभर बलिङ गर्दै २२ रन खर्चिएर २ विकेट लिए। त्यस्तै, कोलकत्ताका मोहम्मद शामी र यस दयालले समान २–२ विकेट गिराएका थिए।

गुजरातको पेचिलो बलिङका बाबजुद आन्द्रे रसेलले ४८ रन बनाए। त्यसअघि जुगराजतका हार्दिक पाण्ड्याले ६७ र रिद्धिमान साहले २५ रन बनाएका थिए। पहिलो पारीमा आन्द्रे रसेल एक्लैले चार विकेट गिराएका थिए।

हिजै सम्पन्न अर्को खेलमा चाहिँ सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ।

kumari

टस जितेर फिल्डिङ रोजेको हैदराबादले बैंगलोरलाई १६ ओभर एक बलबाट ६८ रनमै रोखेको थियो। जवाफमा एक मात्र विकेट गुमाएर ६९ रनको लक्ष्य पुरा गरेपछि हैदरावादले सानदार जित निकालेको हो।

खेलमा माको जान्सेन प्लेयर अप दि म्याच भए उनले चार चार ओभरमा २५ रन खर्चिएर तीन विकेट गिराएका थिए। टिन नटराजनले पनि तीन विकेट लिएका थिए भने जगदिशास स्चुतले दुई विकेट लिएका थिए।

जवाफमा अभिषेक शर्माले ४७ रन बनाए भने केन विलियम्सनले २६ रनको योगदान दिए।

गएरातिको खेलसँगै १२ अंक बनाएको गुजरात शीर्षस्थानमा छ भने १० अंक बनाएको हैदराबाद दोस्रो स्थानमा छ। बैंगलोर भने १० अंकका साथ चौथो स्थानमा छ।

प्रकाशित: Apr 24, 2022| 08:20 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।