मंगलबार, पुस १, २०८२

रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा

राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका–४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा नं ६ का वडाध्यक्ष अमरजित पुन रहेका छन्। रोल्पा नगरपालिका–५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं ६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर र वडा नं १० का वडाध्यक्ष मानबहादुर खत्रीसहित अन्य सदस्य रहेका छन्।
 |  शनिबार, वैशाख १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १०, २०७९

रोल्पा- नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन्। जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा गरेका हुन्। 

National life

राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका–४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा नं ६ का वडाध्यक्ष अमरजित पुन रहेका छन्। रोल्पा नगरपालिका–५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं ६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर र वडा नं १० का वडाध्यक्ष मानबहादुर खत्रीसहित अन्य सदस्य रहेका छन्। 

त्यसैगरी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष देउराम घर्तीमगर, २ का वडाध्यक्ष कविराज बुढामगर वडा नं ५ का वडाध्यक्ष कृष्णबहादुर केसी र वडा नं ६ वडाध्यक्ष लेखमणि डाँगी, थवाङ गाउँपालिका–५ वडाध्यक्ष गोवद्र्धन घर्तीमगर रहेका छन्। त्यसैगरी रुन्टीगढी गाउँपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापामगर, सुनिलस्मृति गाउँपालिका–४ का वडाध्यक्ष गन्जबहादुर क्षेत्री, गङ्गादेव गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर वली रहेका छन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिन रोल्पा जिल्लाका विभिन्न स्थानीय तहका वडाध्यक्ष र सदस्य गरी ३८ जनप्रतिनिधिले राजीनामा दिएका छन्। 

प्रकाशित: Apr 23, 2022| 21:40 शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।