शुक्रबार, जेठ १, २०८३

चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना संक्रमण

जसमध्ये एक हजार ९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

National life

बेइजिङ- चिनियाँ मुख्य भूमिमा बिहीबार दुई हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड-१९ संक्रमण फैलिएको पुष्टि भएको छ। जसमध्ये एक हजार ९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ।    

सांघाई बाहेक, मुख्य भूमिका अन्य ४५ प्रान्तीय–स्तर क्षेत्रहरूले नयाँ  कोरोनाका स्थानीय मामिलाहरू देखा परेको समाचारमा जनाइएको छ। जसमध्ये उत्तरपूर्वी प्रान्त जिलिनमा ६८ र बेइजिङमा एक जना भएको बताइएको  छ। विहीबार दुई हजार ७३० जना कोरोना संक्रमित निको भएका छन्।  यसैबीच देशभरका अस्पतालमा ३० हजार ८१३ जना उपचार गराइरहेका बताइएको छ।

कोरोना संक्रमणको कारण बिहीबार एघार जनाको मृत्यु भएको थियो। यी सबै सांघाई शहरका पनि समाचारमा जनाइएको छ। चीनमा सन् २१९ को अक्टोबरबाट हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोना संक्रमणको कारण चार हजार ६७४ जनाको मृत्यु भइसकेको जनाइएको छ।      -सिन्ह्वा

प्रकाशित: Apr 22, 2022| 15:30 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्