बुधबार, चैत ४, २०८२

पालकको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक

हरियो सागसब्जी विशेषगरी पालकको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ।
 |  शनिबार, वैशाख १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १०, २०७९

काठमाडौं- हरियो सागसब्जी विशेषगरी पालकको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। पालकलाई आइरन, भिटामिनका साथै विभिन्न किसिमका मिनरल्स र पोषक तत्त्वको प्रचुर स्रोत मानिन्छ। जसको सेवनले शरीरलाई धेरै फाइदा पुर्‍याउँछ। जसको शरीरमा आइरनको कमी हुन्छ उनीहरूका लागि पनि पालक वरदान मानिन्छ।

National life

तर, के तपाइलाई थाहा छ? पोषण तत्त्वको खजाना पालकले केही अवस्थामा तपाईंको स्वास्थ्यलाई हानी पुर्‍याउन सक्छ। यदि तपाईंले धेरै फाइदाहरू पाउनको लागि दैनिक पालक खानुभयो भने यसले तपाईंको शरीरलाई हान पुर्‍याउँछ।

पालकको अत्यधिक सेवनले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। पालकको अत्यधिक सेवनले केही पोषक तत्त्वको अवशोषण प्रभावित हुन्छ। जस कारण शरीरमा धेरै किसिमका साइड इफेक्ट देख्न सकिन्छ। 

मिर्गौलाको पत्थरीको जोखिम बढ्छ

पालक हरियो तरकारी मध्ये एक हो जसमा अक्सालिक एसिडको उच्चतम मात्रा हुन्छ। धेरै पालक खाँदा क्याल्सियम-अक्सालेट निर्माण हुन थाल्छ, जसले मिर्गौलामा पत्थरी निम्त्याउन सक्छ। मिर्गौलाले अक्सालेटलाई राम्रोसँग फिल्टर गर्न सक्दैन जसका कारण पत्थरी बन्न सक्छ।

Laxmi sunrise bank
kumari

उच्च रक्तचापको औषधिसँग 'रियाक्सन'

पालकको अत्यधिक उपभोगले रक्तचापको औषधिको प्रभावलाई कम गर्न सक्छ। पालकमा भिटामिन के उच्च मात्रामा हुन्छ जसले रगत पातलो पार्ने प्रभावलाई कम गर्छ। उच्च रक्तचापको समस्या भएका मानिसहरूलाई स्ट्रोकको जोखिमबाट बच्न रगत पातलो खुवाउने गरिन्छ।

क्याल्सियमको अवशोषणलाई असर सक्छ

अक्सालेट युक्त खानाहरूको उच्च सेवनले खनिजहरूको अवशोषणलाई असर गर्न सक्छ। अक्सालेट एक पोषक तत्त्व हो। पालकमा अक्सालेटको मात्रा उच्च हुन्छ। अधिक मात्रामा पालक खाँदा क्याल्सियम जस्ता खनिजहरूको अवशोषणमा पनि बाधा पुग्न सक्छ। क्याल्सियमको कमीले दाँत र हड्डीसँग सम्बन्धित समस्याको जोखिम बढ्छ।

मेटाबोलिज्म समस्या

पालकको नियमित सेवनले मेटाबोलिजमसँग सम्बन्धित समस्या पनि हुन सक्छ। शरीरलाई पालक पचाउन बढी समय चाहिन्छ। यसको दैनिक सेवन गर्दा पेट फुल्ने, ग्यास भरिने जस्ता समस्या हुन सक्छ।

प्रकाशित: Apr 23, 2022| 06:00 शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्