बुधबार, फागुन २०, २०८२

सी डिभिजन फुटबल लिग आजबाट सुरु

सहिद स्मारक सी डिभिजन फुटबल लिग आजबाट सुरु हुँदैछ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको एन्फा कम्प्लेक्समा लिग आजबाट सुरु हुन लागेको हो।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं- सहिद स्मारक सी डिभिजन फुटबल लिग आजबाट सुरु हुँदैछ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको एन्फा कम्प्लेक्समा लिग आजबाट सुरु हुन लागेको हो।

सहिद स्मारक ए डिभिजन र बी डिभिजन लिग सकिएपछि आजबाट सी डिभिजन लिग सुरु भएको हो। ए डिभिजन लिगमा मछिन्द्र क्लबले उपाधि जितेको थियो भने बी डिभिजन लिगको उपाधि चर्च बोइजले जितेको थियो।

आजबाट सुरु भएको सी डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछ। लिगको उद्घाटन खेलमा स्पोट्स एकेडेमी साँगा र महावीर युवा क्लबले खेल्नेछन्। त्यस्तै, शुक्रबारको बाँकी खेलमा आरसी ३२ ले खालीबारीसँग खेल्नेछ भने पुल्चोक स्पोट्स क्लब र प्लानिङ ब्वाइजको सामना गर्नेछ।

एन्फाले यसअघि चैत २८ गतेबाट लिग सुरु गर्ने तयारी गरेको थियो। तर, एन्फाको निर्वाचनको कारण लिग केही दिन पछि सरेको हो। एन्फाले जिल्लाको चुनावी साधारण सभा गर्नका लागि वैशाख १० गतेसम्मको मिति दिएको थियो। त्यो मिति सकिन लाग्दा लिग सुरु भएको हो।

सी डिभिजन लिगमा १४ क्लबको सहभागिता रहेको छ। सबै क्लबले सिंगल राउन्ड रोविन शैलीमा फुटबल खेल्नेछन्। र, लिगको अन्तिममा शीर्षस्थानमा दुई टिम बी डिभिजन लिगमा बढुवा हुनेछन्।

kumari

या वर्षको लिगबाट ब्रिगेड बोइज क्लब र च्यासल युथ क्लबले ए डिभिजन लिगको मान्यता गुमाएका छन्। त्यस्तै चर्च बोइज र खुमलटारले बी डिभिजनबाट ए डिभिजनमा उक्लिएका छन्।

प्रकाशित: Apr 22, 2022| 11:57 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।