आइतबार, मंसिर ७, २०८२

दुई पक्षीय सिरिजका लागि नेपाली टिमको घोषणा

आगमी अप्रिलबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुने दुई पक्षीय सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं- आगमी अप्रिलबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुने दुई पक्षीय सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ। 

National life

नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले नेपाली टिमको घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको हो।

अब नेपालले अप्रिल ३० देखि मे ९ सम्म त्रिवि मैदानमा जिम्बाबे ए टिमविरुद्ध एकदिवसीय र टी २० शृंखला खेल्नेछ।

नेपाली टिममा अहिले पनि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल समेटिएका छैनन्। पछिल्लो पटक नेपालले पपुवा न्युगिनीसँग एकदिवशीय शृंखला खेल्दा र नेपाल, मलेसिया पीएजीबीचको टी २० शृंखलामा पनि ज्ञानेन्द्र टिममा थिएनन्।

त्यस्तै, आउँदो सिरिजको बन्द प्रशिक्षणका लागि विनोद भण्डारीले भने निरन्तरता पाएका छन्। त्यस्तै, देव खनाल, सागर ढकाल, आदिल अन्सारी, सुनिल धमलालगायतका खेलाडी समेटिएका छन्।

Laxmi sunrise bank
kumari

नेपाली टिमको कप्तान सन्दीप लामिछाने रहने छन् भने अहिलेसम्म उपकप्तानको घोषणा गरिएको छैन। नेपाली टिममा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, विनोद भण्डारी, करण केसी, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, सागर ढकाल, विवेक यादव, साहब आलम, विक्रम सोब र सुनिल धमला छन्।

प्रकाशित: Apr 22, 2022| 11:02 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।