आइतबार, जेठ १७, २०८३

विराटनगरका १३ जनप्रतिनिधिद्वारा राजीनामा

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले बिहीबार पदबाट राजीनामा दिएका छन्। विराटनगरका ४ वडाध्यक्ष सहित १३ जनप्रतिनिधिले राजीनामा दिएको महानगरपालिकाले जनाएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

विराटनगर- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले बिहीबार पदबाट राजीनामा दिएका छन्। विराटनगरका ४ वडाध्यक्ष सहित १३ जनप्रतिनिधिले राजीनामा दिएको महानगरपालिकाले जनाएको  छ।

National life

राजीनामा दिनेहरुमा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव यादव, १९ का वडाध्यक्ष बद्रीनारायण सरदार रहेका छन्। त्यसैगरि सदस्यहरुमा विजय दाहाल, केवलराय अमात, राधादेवी पासवान, राजनन्द महतो, नागेश्वर राजवंशी, सम्झना भुजेल, विनादेवी सरदार, जितेन्द्र खवास, विनादेवी मण्डल धानुक रहेका छन्। विराटनगर ११ का वडाध्यक्ष न्यौपानेले आगामी निर्वाचनमा उम्मेदवारी दिन वडा पार्टी कमिटीले सर्वसम्मत नाम सिफारिस गरेकाले पद बाट राजिना दिएको उनले बताए। 

विराटनगर महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरु सहित ९७ जनप्रतिनिधि छन्। गत मंगलबार सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिले चुनावमा उम्मेदवारी दिन राजीनामा गर्नै पर्ने आदेश दिएको थियो। 

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागु गरेको छ।


Shivam cement

प्रकाशित: Apr 21, 2022| 19:38 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।