सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाणिज्य बैंकहरुको प्रतिफल क्षमता ४८ प्रतिशतले कमी, कुन बैंकको प्रतिफल कति?

वाणिज्य बैंकहरुको प्रतिफल क्षमता ४८ प्रतिशतले कमी, कुन बैंकको प्रतिफल कति?

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले सेयरमा गरेको लगानीको प्रतिफल (आरओइ) रकम ४७.९६ प्रतिशतले घटेको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले सेयरमा गरेको लगानीको प्रतिफल (आरओइ) रकम ४७.९६ प्रतिशतले घटेको छ।

बैंकहद्वारा प्रकाशित अपरिष्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको चैतसम्ममा वाणिज्य बैंकहरुको औसत आरओइ १३.५३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकहरुको आरओई घटेर ७.०४ मा आएको छ। 

बैंकहरुले लगानीलाई विविधिकरण गर्न नसकी पर्याप्त नाफा कमाउन नसकेपछि बैंकले दिने प्रतिफल पनि घटेको हो। बैंकहरुको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी एनआइसी एसियाको रहेको छ। सो बैंकले चालु आर्थिक वर्षमा १३.०६ प्रतिशत प्रतिफल दिन सक्ने छ। त्यस्तै सबैभन्दा कम बैंक अफ काठमाडौंले ४.१२ प्रतिशत मात्र प्रतिफल दिन सक्छ। 

गत आर्थिक वर्षमा कोभिडको समयमा पनि बैंकहरुले राम्रो लाभांश दिन सकेका थिए  उनीहरुको लगानी छिट्टो रिकभर हुँदा पनि सेयरधनीहरुलाई राम्रो प्रतिफल दिएका थिए। तर चालु आर्थिक वर्षमा कोरोनाले थिलथिलो पारेको अर्थतन्त्र र उनीहरुको गएको ऋण उठ्न नसकी धेरै प्रोभिजनिङ गर्नुपर्दा प्रतिफल दिन नसकिएको हो। 

चालु आर्थिक वर्ष र गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले वितरण गरेको आरओइको रेट :


प्रकाशित: Apr 21, 2022| 19:11 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्