बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निर्माण व्यवसायी र इपानले घेरे खरिद अनुगमनको कार्यालय र बीमा समिति

निर्माण व्यवसायी र इपानले घेरे खरिद अनुगमनको कार्यालय र बीमा समिति

महासंघका अनुसार निर्माण सामग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतको माग रहेको थियो ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले आफ्ना मागहरु पूरा नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय(पीपीएमओ) र बीमा समितिमा एक–एक घण्टा धर्ना दिएका छन्। बिहीबार महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरुले दिउँसो ११ बजेदेखि २ बजेसम्म बीमा समितिमा धर्ना दिएका हुन्। 

National life

महासंघका अनुसार निर्माण सामग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतको माग रहेको थियो । 

आफ्ना मागहरुका सम्बन्धमा सम्बन्धित सरकारी निकायहरुमा जानकारी गराए पनि कुनै सुनुवाई नभएकाले बाध्य भएर धर्ना कार्यक्रम सुरु गर्नु परेको महासंघ अध्यक्ष सिंहले जानकारी दिए । 

त्यस्तै बीमा निर्देशिका २०७८ को खारेजी एवं संशोधनको लागि पटक-पटक पत्राचार तथा ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाई नभएको महासंघले जनाएको छ।

बीमा निर्देशिका खारेजीसम्बन्धी महासंघको आन्दोलनमा स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले पनि ऐक्यबद्धता जनाएको छ। उर्जा उत्पादकहरू पनि सहभागी धर्ना कार्यक्रममा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कुनै पनि दृष्टिकोणले व्यवसायीको पक्षमा नरहेको निर्देशिका खारेज गर्नुको विकल्प नरहेको बताए।

Shivam cement

प्रकाशित: Apr 21, 2022| 18:47 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्