बिहीबार, असार ११, २०८३

'अर्थतन्त्र संकटमा पुग्दासमेत सरकार गम्भीर बनेन'

नेपाल बुद्धिजीवी परिषद्ले बिहीबार राजधानीमा आयोजना गरेको 'अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपाय' कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी समेत दिए।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दासमेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन्। नेपाल बुद्धिजीवी परिषद्ले बिहीबार राजधानीमा आयोजना गरेको 'अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपाय' कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी समेत दिए। 

National life

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सुचक रातोमा गएकोले मुलुक गम्भीर संकटमा धकेलिएको बताए। सरकारले गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै नेता ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पूँजीगत खर्च बढाउन, नीतिगत रुपमा भएका सेटिङ् रोक्न र राष्ट्रबैंक माथिको हस्तक्षेप रोक्न आग्रह गरे।  

यसैगरी कार्यक्रममा बोल्दै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रवहादुर क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरु गम्भीर नभएको बताए। बेरुजुको मात्रा वढेको, सुशासन कायम हुन नसकेको, पूँजीगत खर्च नवढेको वताउँदै क्षेत्रीले अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय हुनुपर्ने उल्लेख गरे। कृषी क्षेत्रमा उत्पादकत्व बढाउनको लागि अनुदान किसानको हातमा पुग्नुपर्ने समेत उनको सुझाव छ।

यसैगरी पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय र राष्ट्रबैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए। वैदेशिक कर्जाले शुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिए। 

यसैगरी राष्ट्रबैंकका पूर्व गभर्नर डा. तिलक रावलले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन गरेर बर्तमान सरकारले गलत गरेको उल्लेख गरे। राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको आरोप लगाउँदै डा. रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यात बढाउन जोड दिए। 

Shivam cement

यसैगरी परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टी भन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने उल्लेख गरे। कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाका बारेमा प्रस्तुति दिएका थिए। कार्यक्रम परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। 

प्रकाशित: Apr 21, 2022| 18:04 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्