आइतबार, मंसिर ७, २०८२

म्याचेस्टर युनाइटेडको प्रशिक्षकमा एरिक टेन

‘एरिक टेनलाई टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गर्न पाउँदा हामी खुसी छौं,’ युनाइटेडले सूचना लेखेको छ, ‘भिसाको समस्याका कारण उनले यो सिजनको अन्तिमदेखि मात्र क्लबमा जोडिनेछन्।'
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं– फुटवल  क्लब म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षकका रुपमा एरिक टेन ह्यागलाई तीन वर्षका लागि अनुबन्ध गरेको छ। युनाइटेडले लिभरपुलसँग हार व्यहोरेको दुई दिनपछि नयाँ प्रशिक्षक नियुक्त गरेको हो।

National life

‘एरिक टेनलाई टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गर्न पाउँदा हामी खुसी छौं,’ युनाइटेडले सूचना लेखेको छ, ‘भिसाको समस्याका कारण उनले यो सिजनको अन्तिमदेखि मात्र क्लबमा जोडिनेछन्।'

त्यस्तै उनको सम्झौता सन् २०२५ सम्म कायम रहने उनले क्लबले जनाएको छ। र, सम्झौतामा अर्को वर्ष सम्झौता बढाउन सकिने विकल्प पनि राखिएको छ।

‘आयाक्समा विगत चार वर्षको अवधिमा, एरिकले आफूलाई युरोपमा सबैभन्दा रोमाञ्चक र सफल प्रशिक्षकको रूपमा प्रमाणित गरेका छन्,’ फुटबल निर्देशक जोन मुर्टोले भने, ‘आफ्नो टोलीलाई आकर्षक, आक्रामक फुटबल खेलाउन र खेलाडीप्रति प्रतिबद्धताका लागि प्रख्यात छन् उनी।’ उनले यो कुरा एरिक टेनको घोषणा गर्दै भनेका हुन्।

‘हामी एरिकलाई अहिले आयाक्समै सिजनको सफलताको कामना गर्दछौं। अनि उनले आउँदो समरबाट युनाइटेडमा सिजन सुरु गर्नेछन्,’ उनले भने।

Laxmi sunrise bank
kumari

त्यस्तै, एरिक टेन ह्यागले म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त हुनु ठूलो सम्मानको कुरा भएको बताएका छन्।  उनले भने, ‘ अगाडिको चुनौतीबाट निकै उत्साहित छु। मलाई यो क्लबको इतिहास र फ्यानहरूको जोश थाहा छ।’

५२ वर्षीय डच प्रशिक्षक एरिकले यो सिजनको अन्त्यमा अन्तरिम प्रशिक्षक राल्फ राङ्गनिकलाई विस्थापन गर्दै तीन वर्षको कार्यकाल सुरु गर्ने भएका हुन्।

पूर्व प्रशिक्षक एलेक्स फर्गुसनले सन् २०१३ मा क्बल छोडेपछि लिएपछि टेन ह्याग युनाइटेडको पाँचौं स्थायी प्रशिक्षक बन्नेछन्।

प्रकाशित: Apr 21, 2022| 16:30 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।