शुक्रबार, असार १२, २०८३

स्वदेश फर्किएर बंगुरपालनबाट मनग्य आम्दानी

कोरोना संक्रमणका कारण २ वर्षअघि भारतबाट उनी घर फर्किए। घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौंधौं पर्‍यो। अनि घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरूपमा बंगुुरपालन सुरू गरे।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

दाङ- आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढेका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बंगुरपालनमा जमेका छन्।

National life

कोरोना संक्रमणका कारण २ वर्षअघि भारतबाट उनी घर फर्किए। घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौंधौं पर्‍यो। अनि घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरूपमा बंगुुरपालन सुरू गरे।

उनले २१ वर्षसम्म भारतमा होटलमा काम गरे। कोरोनाबाट संक्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य भए। केही गर्नुपर्छ भन्ने मनसायले उनले घर छेउमा सानो खोर बनाए।

‘२ वटा बंगुरबाट व्यवसाय शुरू गरें,’ उनले भने।  कारोना कहर नघटेपछि घर्तीमगरलाई भारत जान सम्भव भएन। यही व्यवसायलाई विस्तार गर्ने सोचले उनले १५ कट्ठा जग्गा वार्षिक १० हजार रुपैयाँका दरले भाडामा लिई व्यवसाय बढाए। २ लाख ५० हजारको लगानीमा १२ पाठापाठी र ६ खोर थपेर व्यवसाय बढाएको घर्तीमगर बताउँछन्।

‘अहिले ७ माउ, २१ पाठापाठी र २ भाले बंगुर पालेको छु,’ उनले भने। 

Shivam cement

डिउरो र योर्कसायर जातका बंगुर उनले पालेका छन्। छोटो समयमा मनग्य आम्दनी गर्न सम्भव भएको घर्तीमगरको भनाइ छ।     व्यावसायिक बंगुरपालनबाट पछिल्लो समयमा मनग्य आम्दानी हुन थालेपछि उनी उत्साहित भएका छन्।

सस्तो र कम खर्चमा आम्दानी गर्न सकिने भएपछि उनले व्यावसायिकरूपमा बंगुुरपालन थालेका छन्। घाँस र दाना खुवाएर घर्तीमगर बंगुरपालनमा रमाएका छन्।

एउटा माउले वर्षमा २ पटक बच्चा दिन्छ र ४ वर्षसम्म निरन्तर दिइरहन्छ। १ पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ। उनले १२ खोरमा फरक–फरक उमेरका बंगुर पालेका छन्। ‘अब मासुका लागि छुट्टै खोर बनाउने सोचाइ बनाएको छु,’ उनले भने, ‘फ्रेसहाउस आफैंले सञ्चालन गर्ने योजना छ।’

४५ दिनको पाठापाठी ५ हजार रुपैयाँका दरले बिक्री हुने गरेको घर्तीमगरले बताए। घोराही–६ स्थित शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ५० हजार रुपैयाँ ऋण लिएर व्यावसाय शुरू गरेको उनले विगत सुनाए। बंगुर बिक्री गरेको आम्दानीबाट अर्को वर्ष ऋण चुक्ता गर्ने सोचाइ उनको छ।

मकै, गहुँबाट घरमै उत्पादन गरेको दाना र घोराही बजारका ५ होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक ३०० रुपैयाँदेखि १ हजार दिने गरेको घर्तीमगर बताउँछन्।

दाङको हावापानी सुहाउँदो पाख्रीबास, लैडरस, डिउरो, योर्कसायर जातका बंगुरलाई राम्रो मानिन्छ। यी बंगुरले छिटोछिटो बथानको संख्या बढाउने भएकाले छोटो समयमा राम्रो आम्दानी दिने भएकाले यसको व्यवसाय फस्टाएको हो। घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख कृष्ण बस्नेतले घोराहीमा ११२ बंगुर फार्म दर्ता भएको बताए।

बंगुर पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्सान दिने गरिएको छ। बंगुरपालक किसानले वर्षमा १२ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दैआएका छन्। गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत ललितपुरको खुमलटारबाट १० भाले बंगुर ल्याएर वितरण गरेको उनले बताए।     -रासस

प्रकाशित: Apr 21, 2022| 10:35 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्