बिहीबार, वैशाख १७, २०८३

आईपीएल : पञ्जाबविरुद्ध दिल्लीको सानदार जित

बुधबार राति बारबोर्नमा सम्पन्न भएको खेलमा दिल्ली क्यापिटलले पञ्जाबविरुद्ध सहज जित निकालेको हो।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटलले ९ विकेटको जित निकालेको छ। बुधबार राति बारबोर्नमा सम्पन्न भएको खेलमा दिल्ली क्यापिटलले पञ्जाबविरुद्ध सहज जित निकालेको हो।

National life

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको पञ्जाबले पुरा २० ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफमा दिल्लीले १० ओभर तीन बेल खेल्दै ११९ रन बनाएर लक्ष्य पुरा गरेको हो।

दिल्लीका लागि २० बल खेलेका पृथ्वी शले सात चौका र एक छक्काको सहयोगमा ४१ रन बनाएका थिए। त्यस्तै, डेविड वार्नरले ३० बलमा ६० रन बनाए। दिल्लीको एकमात्र विकेट राहुल चहरले लिएका थिए।

त्यसअघि ब्याटिङ गरेको पञ्जाबका जितेस शर्माले सर्वाधिक ३२ रन बनाउँदा मयंक अग्रवालले २४ रन बनाएका थिए। त्यसक्रममा दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदिप यादवले समान २-२ विकेट लिएका थिए।

यो जितसँगै दिल्लीले ६ खेलबाट ६ अंक बनाएको छ। पराजित पञ्जाब ६ अंकका साथ आठौं स्थानमा छ।

प्रकाशित: Apr 21, 2022| 10:26 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।