आइतबार, मंसिर ७, २०८२

महिला गोल्डकप : एपीएफ उपाधि नजिक

बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्बलाई हराउँदै एप‍ीएफ उपाधि नजिक पुगेको हो।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं-  विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्बलाई हराउँदै एप‍ीएफ उपाधि नजिक पुगेको हो। 

National life

एपीएफले आर्मीलाई ३–२ ले हराउँदै फाइनलको यात्रा तय गर्न सफल रह्यो। एपीएफलाई फाइनल पुर्याउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन्। यस्तै सावित्रा भण्डारीले एक गोल गरिन्। आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एकगोल फर्काइन्।

एपीएफका लागि सरुले पहिलो हाफको २३औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। त्यसको ११ मिनेटपछि खेलको ३४ औं मिनेटमा सरुले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाइन्।

पहिलो हाफमा २–० ले अगाडी रहेको एपिएफले दोस्रो हाफमागोल थप्यो। खेलको ७१ औं मिनेटमा सावित्राले गोल गरिन् र अग्रता ३–० मा पुर्याइन्। खेलको ८७औं मिनेटमा आर्मीका लागि सपना लामाले गोल गर्दै अग्रता घटाइन्।

अतिरिक्त समयको ९२औं मिनेटमा आर्मीका लागि हेमा चौधरीले अर्को गोल गर्दै गोल अन्तरलाई एकमा झारिन्। त्यसपछि गोल हुन नसक्दा एपिएफ ३–२ को जित निकाल्दै फाईनलमा पुग्यो। 

Laxmi sunrise bank
kumari

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी एपिएफकी सरु लिम्बू प्लेयर अफ द म्याच भइन्। उनले नगद ५ हजारसहित ट्रफी हात पाारिन्। प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ। बिहीबार हुने दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन्।

प्रकाशित: Apr 20, 2022| 21:41 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।