मंगलबार, असार २४, २०८२

अनि मेस्सीले म्यारोडोनाकै शैलीमा गोल गरे

धेरै वर्षसम्म पनि म्याराडोनाको त्यो गोल कसैले भुल्न सकेका थिएनन्। एकदिन यस्तो भयो, मेस्सीले त्यही शैलीको गोल गरे। उक्त गोलपछि धेरैले मेस्सीलाई म्यारोडोनासँग तुलना गरे। करिब दुई दशकपछि त्यस्तो गोल भएको थियो।
 |  बुधबार, वैशाख ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

vianetvianet

काठमाडौं- बार्सिलोनाका लागि लियोनल मेस्सीले पछिल्लो वर्षमा धरै सानदार गोल गरेका छन्। उनका त्यस्ता कतिपय गोल बार्सिलोनाका लागि निर्णायक बनेका छन्। उनले कैयौँपटक निर्णायक गोल गरेर लामो समय शुभेच्छुकका स्मृतिमा बसिरहेका छन्। अहिलेसम्म पनि उनले गोल गरेका क्षण बार्सिलोना समर्थकबीच ताजै छन्। त्यही सम्झनाहरुको लस्करमा आउँछ उनले गेटाफेविरुद्ध गरेको त्यो सानदार गोल। जसको चर्चा विश्वभरि भएको थियो।

मेस्सीको यो गोलको चर्चा गर्नुअघि सन् १९८६ को विश्वकपमा पुग्नुपर्ने हुन्छ। त्यो विश्वकपको क्वाटरफाइनलमा इंङल्यान्ड विरुद्ध अर्जेन्टीनी फुटबलर डिएगो म्यारोडोनाले एक गोल गरेका थिए। विश्वकपअघि भएको फकल्यान्ड युद्धमा अर्जेन्टिनाले इंग्ल्यान्डसँग हार बेहोरेको थियो। तर म्याराडोनाको त्यो गोलसँगै निकालेको जितलाई अर्जेन्टेनीहरूले इंग्ल्यान्डविरुद्धको जित मानेका थिए। र त्यो युद्धको घाउ भरेका थिए। त्यसैले त्यो गोल धेरै मानिसको सम्झनामा थियो।

धेरै वर्षसम्म पनि म्याराडोनाको त्यो गोल कसैले भुल्न सकेका थिएनन्। एकदिन यस्तो भयो, मेस्सीले त्यही शैलीको गोल गरे। उक्त गोलपछि धेरैले मेस्सीलाई म्यारोडोनासँग तुलना गरे। करिब दुई दशकपछि त्यस्तो गोल भएको थियो।

सन् २००७ अप्रिल १८ मा अर्थात् १५ वर्षअघि आजकै दिन त्यो सनसनीपूर्ण गोलमा भएको थियो। बार्सिलोना र गेटाफेबीच खेल जारी थियो। खेलको २९औं मिनेटमा जब मेस्सीले जाभीको छोटो पास पाए, त्यसपछि उनको शरीरमा एकाएक चमक देखियो। उनी गोलतर्फ अगाडि बढ्नुअघि दुई विपक्षीलाई दुईवटै सानदार 'ब्याक टु ब्याक सट'का साथ पछि पार्दै अघि बढिरहे। बाटोमा थप डिफेन्डरलाई छल्दै गए। डिबक्स लाइनभित्र प्रवेश गरिसकेपछि दुई डिफेन्डर र गोलकिपरलाई ड्रिबल गर्दै गोललाई जाली चुमाएका थिए। बार्सिलोना स्टारले कोपा डेल रेमा गेटाफेविरुद्ध सनसनीपूर्ण गोल गरेको पल यही त हो। त्यो दिन सबैले बुझे कि मेस्सी म्याराडोना भन्दा राम्रो हुनेछन्। जुन दिन मेस्सीले बार्सिलोनाको भविष्य बदल्न सक्ने आकलन भयो। 

धेरै वर्षसम्म पनि म्याराडोनाको त्यो गोल कसैले भुल्न सकेका थिएनन्। एकदिन यस्तो भयो, मेस्सीले त्यही शैलीको गोल गरे। उक्त गोलपछि धेरैले मेस्सीलाई म्यारोडोनासँग तुलना गरे। करिब दुई दशकपछि त्यस्तो गोल भएको थियो।

म्यारोडोनाले इङल्यान्डविरुद्ध गरेको गोलसँगै लगभग मिल्दोजुल्दो गोल गरेपछि मेस्सीको चर्चाले शिखर चुमेको थियो। मेस्सीलाई म्यारोडोनासँग तुलना गर्नेहरुको पनि कमी भएन। अर्जेन्टिनामा म्यारोडोनाको उत्तारधारीका रुपमा मेस्सीलाई हेर्न थालियो। मेस्सीलाई त्यही समयमा म्यारोडोनासँग तुलना गरेपछि मेस्सीमाथि पनि दबाब बढेको थियो। १९ वर्षीय मेस्सीको तुलना म्याराडोनासँग हुनु सानो कुरा थिएन। 

यसै गोललाई व्याख्या गर्दै एक फुटबल पण्डितले भनेका थिए, ʻमेस्सी उत्कृष्ट प्रतिभा भएका खेलाडी हुन्। उनले उत्कृष्ट गोल गरेका छन्। यो साँचो हो कि उक्त गोल म्यारोडोनाको गोल संग मिल्दोजुल्दो छ तर मेस्सीले म्यारोडोनाको भन्दा बढि गति बढाँउछन्। यो मेस्सीको उत्कृष्ट गोल हो। मेस्सी एक उत्कृष्ट कलाको नाम समेत रहेको।ʼ

मेस्सी नआएसम्म अर्जेन्टिनाले डिएगो म्यारोडोनाजस्ता खेलाडी फेरि देखिन्छन् भन्ने सोचेका थिएनन्। न त अधिकांश फुटबल जगतले नै सोचेको थियो। १९८६ को विश्व कपमा इङल्यान्डविरुद्धको ʻगोल अफ द सेन्चुरीʼ पुनःसिर्जना हुन सक्छ भनेर कसैले सोचेको थिएन। मेस्सीको गोलले म्यारोडोनाको स्ट्राइक गोलको जस्तो महत्त्व भने बोकेको थिएन। जसले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन सक्यो। तर एउटा कुरा भने त्यही बेला आकलन गरिएको थियो कि, त्यहाँ अर्को नयाँ अर्जेन्टिनी खेलाडी छ। जो पहिलेको भन्दा पनि ठूलो बन्न सक्छ।

प्रकाशित: Apr 20, 2022| 21:37 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।