मंगलबार, कात्तिक १०, २०८३

कांग्रेसले संसद बैठक बहिष्कार गर्‍यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक बहिष्कार गरेको छ । 

गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक महत्वका विषयमा प्रतिनिधि सभाको बैठकमा दिएको जानकारीका सम्बन्धमा थप प्रश्न गर्न सांसदहरुलाई सभामुख कृष्णबहादुर महराले समय नदिएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक बहिष्कार गरेको हो । 

बिहीबारको संसद बैठकको विशेष समयमा बोल्दै सांसदहरुले देशमा बढ्दो बलात्कारका घटना न्युनिकरण गर्न सरकार गम्भिर नभएको भन्दै ध्यानाकर्षण गराएका छन् । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डीला संग्रौलाले संसदको एक सदस्य आज असुरक्षीत छ भने सर्वसाधारण जनता कति असुरक्षीत होला भन्दै सरकारसँग प्रश्न गरिन् । 

अर्की सांसद दुर्गा पौडेलले महिलाहरुको वाँच्ने अधिकार हनन भइरहेको भन्दै बलात्कारपछि हत्याका घटना बढिरहँदा दोषीहरुलाई सरकारले कडा कारबाही गर्नुपर्ने माग गरिन् । 

त्यस्तैले नेकपाकी सांसद शशी श्रेष्ठले कैलाली, कञ्चनपुर, जाजरकोट, काभ्रेमा भएका किशोरी र नावालक महिलामाथि बलात्कारपछि हत्याको घटना बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराईन । उनले घटना जे सुकै कारणले भए पनि २०४६ सालपछि महिलामाथि सार्वजनिक स्थलमा दुब्र्यवहार बढिहरेको बताइन् । 

‘महिलामाथिको बाँच्न पाउने अधिकार हनन भएको छ। यसले यो सरकारलाई नै बद्नाम गर्न यस्तो षडयन्त्र भइरहेको छ,’ सांसद श्रेष्ठले भनिन्, ‘दुई बर्षीय बालिकादेखि बृद्धसम्मको बलात्कारको घटनालाई हेर्दा दोषीलाई फाँसीको सजाय पनि कम हुन्छ।’

त्यस्तै अर्की सांसद पार्वती डीसी चौधरीले देशमा शान्ति सुरक्षा कायम गरी नागरिकको बाच्न पाउने अधिकार रक्षा गर्न राज्य निरिह र लाचार भएको आरोप लगाइन । उनले धेरै घटना हुँदा पनि सरकार किन मौन बसेको भन्दै प्रश्न गरिन् । 

त्यस्तै अर्की सांसद आशाकुमारी विकले पछिल्लो समय सात नम्वर प्रदेशमा जबरजस्ती करणीका ४७  मुद्दा दर्ता भएको उदाहरण दिइन् । 

त्यस्तै सांसद अतहर कमाल मुसलमानले सांसदहरु नैं सुरक्षीत छैनन भने नेपाली जनता कति सुरक्षीत होलान भन्दै प्रश्न गरे । 

यसरी सांसदहरुले सार्वजनिक महत्वका विषयमा ध्यानाकर्षण गराएपछि गृहमन्त्रालय र शान्ति सुरक्षासँग सम्बन्धित विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा वस्तुस्थितिको जानकारी गराएका थिए ।

गृहमन्त्री थापाको जवाफ अपर्याप्त र चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले पुरक प्रश्न गर्न माग गरे । तर सभामुख महराले गृहमन्त्री बादलले जानकारी दिएको विषयमा प्रतिप्रश्न गर्न समय उपलब्ध नगराएपछि कांग्रेसका सांसदहरुले आसनमा उभिएर विरोध गरे । 

प्रतिपक्षको विरोधका बावजुत सभामुख महराले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलार्इ बोल्ने समय दिए । महराले प्रतिपक्षी दलका सम्पूर्ण सांसद उठेर विरोध जनाइरहँदा प्रतिनिधिसभाका १० वटा विषयगत समितिमा रहँने सदस्यहरुको नामावली पढेर सुनाएका थिए । 

विपक्षी दलका सांसदले बैठकको कारबाही प्रति असहमति जनाउँदै विरोध गर्दा सभामुखले पहिलोपटक सदनको कारबाहि जारी राखे । अर्थमन्त्री डा.युवराज खतिवडालार्इ सभामुखले बिमा विधेयक प्रस्तुत गर्न अनुमति दिएपछि प्रतिपक्षी कांग्रेसका सांसदहरु सदन छाडेर बाहिरिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।