शुक्रबार, वैशाख २१, २०८१

नेविसंघको जन्मोत्सव : हिजो देउवासँग, आज कोइरालासँग

प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले नेतृत्व गरेको गरेको संस्थापन समूहलाई गत महाधिवेशनमा निकटतम प्रतिस्पर्धी बनेका शेखर कोइरालाको समूहले 'टक्कर' दिइरहेको छ। तर यो 'टक्कर' अब कांग्रेसमा मात्र सीमित नभएर भातृ संगठन (नेविसंघ)सम्म पुगेको छ।
 |  बुधबार, वैशाख ७, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- नेपाली कांग्रेसमा दुई खेमा सक्रिय छन्। प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले नेतृत्व गरेको गरेको संस्थापन समूहलाई गत महाधिवेशनमा निकटतम प्रतिस्पर्धी बनेका शेखर कोइरालाको समूहले 'टक्कर' दिइरहेको छ। तर यो 'टक्कर'  अब कांग्रेसमा मात्र सीमित नभएर भातृ संगठन (नेविसंघ)सम्म पुगेको छ। 

triton college

नेविसंघले यतिबेला ५३औँ स्थापना दिवस मनाइरहेको छ। साताव्यापी स्थापना दिवस मनाउने बताएको नेविसंघले मंगलबार संस्थापन समूहका नेताहरूलाई बोलाएर कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा कोइराला पक्षका अधिकांश नेताहरू उपस्थित थिएनन्। तर त्यही नेविसंघका नाममा बुधबार कोइराला पक्षका नेताहरूलाई मात्र बोलाएर स्थापना दिवसकै अर्को कार्यक्रम गरिएको छ। 

नेविसंघको नेतृत्व गरिरेहका दुजाङ शेर्पाले मंगलबार प्रज्ञा प्रतिष्ठानामा ‘आगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी’ कार्यक्रम राखेका थिए। बुधबार नेविसंघ नेतृ लक्ष्मी दाहालको नेतृत्वमा त्यस्तै प्रकृतिको 'स्थानीय निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम' राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। 

मंगलबारको कार्यक्रममा नेविसंघलाई शुभकामना दिन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहित संस्थापन समूहमा सक्रिय रहेका नेताहरू पुगेका थिए। गत निर्वाचनमा कुनै पनि समूहलाई समर्थन नगरेका भनेका रामचन्द्र पौडेल पनि पुगेका थिए। यसैगरी, प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार बनेर विजयी भएका महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका थिए।  मंगलबारको कार्यक्रममा कोइराला समूहबाट उपसभापतिमा निर्वाचित भएका धनराज गुरुङ पनि थिए। तर बुधबारको कार्यक्रममा भने संस्थापन समूहमा क्रियाशील कुनै पनि कांग्रेसका शीर्ष नेता/पदाधिकारी उपस्थित थिएनन्। 

प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले नेतृत्व गरेको गरेको संस्थापन समूहलाई गत महाधिवेशनमा निकटतम प्रतिस्पर्धी बनेका शेखर कोइरालाको समूहले 'टक्कर' दिइरहेको छ। तर यो 'टक्कर'  अब कांग्रेसमा मात्र सीमित नभएर भातृ संगठन (नेविसंघ)सम्म पुगेको छ। 

मंगलबार भएको कमलादीको कार्यक्रममा संस्थापन इतरका नेता शेखर कोइरालादेखि कांग्रेस महामन्त्री गगन थापासम्मका नेता गएका थिएनन्। सभापति दुजाङ शेर्पाकाअनुसार सबैलाई निम्तो दिँदादिँदै पनि केही नेता कार्यक्रममा नगएका हुन्। कार्यक्रममा संस्थापन इतर (कोइराला) समूहका अधिकांश क्याम्पस इकाइ सभापतिहरू उपस्थित थिएनन्। बुधबार दाहालको नेतृत्वमा भएको कार्यक्रममा संस्थापन पक्षका इकाइ सभापतिहरू देखिएनन्। 

corrent noodles
Metro Mart

बुधबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा मंगलबार कमलादीमा उपस्थित हुन नसकेका नेताहरू अग्रपंक्तिमा थिए। प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नगएका नेता शेखर कोइराला, गगन थापालगायत उनीहरूको समूहका नेताहरु बुधबार नाचघरको कार्यक्रममा अतिथि बनेर पुगेका थिए। 

मंगलबार र बुधबार उस्तै प्रकृतिका कार्यक्रम गरिनु, फरक-फरक नेताहरूको नेतृत्वमा कार्यक्रम हुनु र त्यसमा फरक-फरक समूहमा क्रियाशील नेताहरू उपस्थित हुनुले समानान्तर अभ्यास भएको देखाएको छ। यसले नेविसंघका शुभचिन्तकहरूलाई भने झस्काएको छ। उस्तै प्रकृतिको कार्यक्रमका लागि छुट्टाछुटै तिथि/मिति/समय र स्थानमा गरिनुले गुटगत क्रियाकलाप मौलाउने नेविसंघका एक पूर्व केन्द्रीय सदस्यले बताए। 'यसमा कांग्रेसकै शीर्ष नेताहरूले मलजल गरिरहेका छन्। यस्तो अभ्यास राम्रो हुन सक्दैन। यसले नेविसंघ र कांग्रेस नेताको चरित्रलाई उदांगो पारेको छ,' उनले भने। 

यसरी फरक समूहको शुभकामना लिन फरक मञ्च बनाउनुलाई शक्ति प्रदर्शनका रूपमा लिएको उनले टिप्पणी गरे। ‘हिजो नगएकाहरुले आज अर्को कार्यक्रम गरेका हुन्। यो सबै शक्ति प्रदर्शन मात्र हो। आफ्नो भाग बढी खोज्न नेविसंघलाई प्रयोग गरिएको छ। संघका लागि यो स्वस्थकर होइन। यसले पार्टीलाई पनि झन् बढी विभाजित गर्छ। चुनावको मुखमा यसले पार्टीको एकतालाई विषयान्तर गरेको छ,’ नेविसंघका ती नेताले भने। 

देउवानिकट मानिने इकाइ सभापतिहरूलाई पनि बुधबारको कार्यक्रमका लागि निम्तो दिइएको थिएन। देउवा समूह निकट मानिने नेविसंघकै एक नेतृले भनिन्, ‘आजको कार्यक्रममा हामी (संस्थापन निकट)लाई बोलाइएकै थिएन।’

देउवानिकट मानिएका नेविसंघ सभापति दुजाङको कार्यक्रमलाई ‘काउन्टर’ दिन कोइराला निकट मानिने नेविसंघकी नेता लक्ष्मी दाहालको अगुवाइमा बुधबारको कार्यक्रम भएको हो। बुधबार नाचघरमा उनकै नेतृत्वमा कार्यक्रम भएको थियो। दाहाल नेविसंघ पद्मकन्या क्याम्पसकी नेतृ हुन्।

बुधबारको कार्यक्रममा संस्थापन पक्षका कसैलाई पनि निम्तो नआएको उक्त पक्षका नेविसंघ नेताहरू बताउँछन्। देउवानिकट मानिने इकाइ सभापतिहरूलाई पनि बुधबारको कार्यक्रमका लागि निम्तो दिइएको थिएन। देउवा समूह निकट मानिने नेविसंघकै एक नेतृले भनिन्, ‘आजको कार्यक्रममा हामी (संस्थापन निकट)लाई बोलाइएकै थिएन।’

अहिले कोइराला समूहमा देखिएकी दाहाल पहिला भने देउवा समूहमा थिइन्। पछिल्लो समय उनी गगन थापा निकट भएकी छन्। नैनसिंह महरले आफ्नो कार्यकालको अन्तिममा क्याम्पसमा आफूखुसी कमिटी बनाएका थिए। क्याम्पस इकाई सभापति बनाउन महरले पत्र नै काटेका थिए। त्यसबेला पद्मकन्या क्याम्पसको इकाइ सभापतिको रुपमा उनले पत्र पाएकी थिइन्। यद्यपि, महरको त्यस्तो निर्णयलाई पार्टीले बदर गरेको थियो।

दाहाल पछि गगन थापासँग नजिक भएकी हुन्। उनै दाहालको पहलमा नाचघरमा संस्थापन इतरका नेता मात्रै राखेर नेविसंघको जन्मजयन्तीको अर्को शृंखला मनाइएको हो। यसरी दुई फरक-फरक दिनमा एउटै मातृपार्टीका फरक-फरक समूहका नेतालाई बोलाएर फरक-फरक नेताको नेतृत्वमा कार्यक्रम भएकाले कांग्रेका नेताहरूमाथि टिप्पणी सुरु भएको छ। 

नेविसंघ अध्यक्ष दुजाङ भने यो विषयलाई नकारात्मक भएर नहेर्न आग्रह गर्छन्। ‘नेविसंघको सप्ताहव्यापी कार्यक्रम हो। एकैदिन गरेको भए समस्या हुन्थ्यो। फरक दिन गरेकोले समस्या भएन। अब निम्तो क-कसलाई गर्ने भन्ने आयोजककै कुरा रह्यो,’ उनले भने। उनले साताव्यापी कार्यक्रम गर्दा नकारात्मक सन्देश नजाने दाबी गरे। उता दाहालले भने आफ्नो नेतृत्वमा समूहकै कार्यक्रम गरेको बताइन्। 

प्रकाशित: Apr 20, 2022| 20:52 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...