आइतबार, मंसिर ७, २०८२

गणेशमान सिंह स्मृति बक्सिङ : चन्द्रकला र नाङजा सेमिफाइनलमा

नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित गरेर सेमिफाइनल यात्रा तय गरेका हुन्।

National life

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५१ केजीमा एपीएफकी सन्जुमाया थिङले कर्णाली प्रदेशकी आरती विक तथा नेपाल प्रहरीकी दिवाना शेर्माले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउदै सेमिफाइनलमा पुगेका छन्। महिला ६० केजीमा बाग्मती प्रदेशकी शशिकला राई तथा आर्मीकी संगिता डंगोलले सेमिफाइनल यात्रा तय गरे।

त्यस्तै, पुरुष ६३ केजीमा प्रहरीका भूपेन्द्र थापा मगरले मधेश प्रदेशका रावन अलीलाई पन्छ्याउदै सेमिफाइनलमा पुगेका छन्। त्यसै स्पर्धामा एपीएफका सोनाम सार्की पनि सेमिफाइनलमा पुगे। उनले गण्डकीका निश्चल गुरुङमाथि जित रचे। पुरुष ६९ केजीमा प्रहरीका सनिल शाहीले एपीएफका विक्रम चौधरी तथा सुदूरपश्चिम प्रदेशका भरत चन्दले कर्णालीका प्रशान्त लामालाई पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे।

भूपेन्द्र र सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन्।

पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले गण्डकीका आकाश राना र प्रहरीका चन्द्रबहादुर थापाले प्रदेश १ का धर्मेन्द्र राई तथा ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले प्रदेश १ का भूगोल लिम्बू र आर्मीका इन्द्र सुनारले कर्णालीका पारस शाहीलाई निराश पार्दै सेमिफाइनलमा स्थान बनाए।

Laxmi sunrise bank
kumari

पुरुष ७५ केजीमा आर्मीका दिपेश लामाले बाग्मतीका निश्चल विष्ट र मधेसका कोसिश श्रेष्ठले एपीएफका झलक रोक्का तथा ८१ केजीमा आर्मीका दीपक श्रेष्ठले एपीएफका साजन तामाङलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे।

पुरुष ९१ केजीमा एपीएफका रविन नेपालले मधेशका विजय राजभण्डारीलाई पाखा लगाउदै सेमिफाइनलमा पुगे। सोही स्पर्धामा गण्डकीका किरन विकले लुम्बिनीका केशर खत्रीवाट वाकओभर पाउँदै सेमिफाइनलमा पुगे।

प्रकाशित: Apr 20, 2022| 18:38 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।