मंगलबार, जेठ ८, २०८१

युवा रिझाउन ओलीका पुरानै आश्वासन

अध्यक्ष ओलीले बोल्दै गर्दा कतिपय युवा ‘केपी बा! आइ लभ यु’ भन्दै होहल्ला गरिरहेका थिए। अनेरास्ववियुले विभिन्न क्याम्पस र विश्वविद्यालयबाट ल्याएका विद्यार्थीको सहभागिता धेरै हुँदा ओलीले वाहवाही पाए।
 |  बुधबार, वैशाख ७, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

बुधबार, वैशाख ७, २०७९

काठमाडौं– ललितपुरको गोदावरीमा नेकपा (एमाले)ले बुधबार ‘युवासँग म’ नामक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको मुख्य अतिथि तथा आकर्षण थिए पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष अध्यक्ष केपी ओली। कार्यक्रममा ओलीले तीन घण्टाभन्दा बढी समय बिताए। अन्य कार्यक्रममा झैं उनले लामो बोले। 

triton college

अध्यक्ष ओलीले बोल्दै गर्दा कतिपय युवा ‘केपी बा! आइ लभ यु’ भन्दै होहल्ला गरिरहेका थिए। अनेरास्ववियुले विभिन्न क्याम्पस र विश्वविद्यालयबाट ल्याएका विद्यार्थीको सहभागिता धेरै हुँदा ओलीले वाहवाही पाए। समाचारसम्म सुन्न झर्को मान्ने नयाँ पुस्ताले केपी बुधबार ओलीको कुरा ध्यानपूवर्क सुनेको देखियो तर नेतृत्वलाई उनीहरूले हिम्मतका साथ प्रश्न उठाउन सकेको देखिएन।

कार्यक्रमको सुरुमै ओलीले यस किसिमको अन्तरक्रिया नेपालको इतिहासमै पहिलोपटक भएको दाबी गरे। जबकि प्रधानमन्त्री तथा दलका शीर्ष नेताले यसअघि विद्यार्थीसँग अन्तरक्रिया गर्ने गरेका थिए। प्रधानमन्त्री छँदा गिरिजाप्रसाद कोइराला, बाबुराम भट्टराई, सुुशील कोइराला लगायतले पनि विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए। 

शिक्षा, स्वास्थ्य, व्यवसाय, खेलकुद, कलालगायत विभिन्न क्षेत्रका युवाले केपी ओलीलाई जिज्ञासा राखे। पहिलो प्रश्नकर्ता थिए– एमबीबीएस प्रवेश परीक्षामा पहिलो स्थान हासिल गरेका सुजल पौडेल। उनले चिकित्सा शिक्षा महँगो भएको तथा अध्ययनपछि रोजगारीको समस्या रहेको कुरा राखे। 

जवाफमा ओलीले मेडिकल शिक्षाको क्षेत्रमा आरोपित रहेका एमालेका उद्यमीहरूलाई भुले। झापाका दुर्गा प्रसाईंलाई एमालेले समर्थन गरेकोदेखि चिकित्सा शिक्षा आयोगलाई प्रभावित गर्ने काम विगतमा केपी ओली नेतृत्वकै सरकार हुँदा गरिएको थियो। यो सन्दर्भलाई भुलेर उनले आफू प्रधानमन्त्री हुँदा नेपालको शिक्षा क्षेत्रमा गरेका कामहरूको ब्रिफ गरे।

corrent noodles
Metro Mart
अध्यक्ष ओलीले बोल्दै गर्दा कतिपय युवा ‘केपी बा! आइ लभ यु’ भन्दै होहल्ला गरिरहेका थिए। अनेरास्ववियुले विभिन्न क्याम्पस र विश्वविद्यालयबाट ल्याएका विद्यार्थीको सहभागिता धेरै हुँदा ओलीले वाहवाही पाए।

अर्का एक युवाले पठाओ, टुटलजस्ता स्टार्टअप कम्पनीको हकमा आवश्यक नीति नहुँदा कम्पनी नै बन्द हुनुपरेको घटना उठाए। महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लले खेल क्षेत्रको कुरा उठाए। गिनिज बुकमा विश्व रेकर्ड कायम गरेका अर्पण शर्माले नेपाली शिक्षा प्रणालीको कमजोरीबारे प्रश्न उठाए। ‘शिक्षाले व्यक्तिको व्यवहार र मस्तिष्क परिवर्तन गर्न सक्ने हुनुपर्छ। नेपालका राजनीतिक दल र सरकारले त्योतर्फ ध्यान केन्द्रित गर्न  किन सकेन?’ अर्पणले प्रश्न राखे।

युवाको प्रश्नको जवाफ दिने क्रममा ओलीले अंग्रेजी र नेपाली बराबरजस्तो प्रयोग गरे। उनले भने, ‘मानिसको बुद्धिको, क्षमताको सही सदुपयोग गर्नुपर्छ। आफ्नो बुद्धिले आर्जन गरेको ज्ञान समाजकै लागि उपयोग गरिनुपर्छ। हाम्रा युवा त्यस्तो हुनुपर्छ।’

बहुसंख्यक युवाले नेपालमा रोजगारको वातावरण नभएको कुरा उठाएका थिए। जवाफमा ओलीले नेपालभित्रै रोजगारको अवसर बनाउन सबै राजनीतिक दल र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए। नेपालमा रहेर स्वउद्यम गरेका युवालाई धन्यवाद दिए। महामारीमा स्वास्थ्य क्षेत्रले गरेको कामको प्रशंसा गरे। 

राजनीतिमा युवाको कम चासो

ओलीले गरेको युवासँग अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी आदिका कुरा प्राथमिकतामा परे। राजनीतिक विषयमा निकै कममात्र प्रश्न सोधिए। देश विकासमा राजनीतिको भूमिकाबारे केही युवाले प्रश्न राखे पनि संसदीय व्यवस्था, आवधिक निर्वाचान र मूल्यहीन बन्दै गएको राजनीतिक प्रणालीबारे प्रश्न उठेन। 

यद्यपि विद्यार्थीको जिज्ञासालाई केपी ओलीले राजनीतिक आयामबाट उत्तर दिने प्रयास गरे। आफ्नो सरकार छँदा मुलुक स्थिरतातर्फ जाँदै गरेको तर राष्ट्रिय राजनीतिमा देखा परेको अवरोधका कारण देश संकटमा पुगेको बताए। बहुमतको सरकार ढाल्न देशभित्र गरिएका कदमले मुलुक अस्थिरतातर्फ गएको इंगित गरे। नेकपाबाट छुट्टिएको नेकपा माओवादीलाई उनले पटक–पटक तीव्र व्यंग्य गरे। माओवादीले कुलमान घिसिङको तस्बिर चुनाव प्रचारमा राखेको कुरा उठाउँदै उनले भने,  ‘एउटा कर्मचारीको फोटो राखेर भोट माग्दै हिँडेको छ। त्यस्तो राजनीतिक दलले देश चलाएको छ। गठबन्धनभित्र त्यस्तो दल पनि छ।’

ओलीले न्यायालयमा पार्टीका मान्छे भर्ती गर्ने प्रवृत्ति बढेको उल्लेख गरे। ‘अहिले नेपालको न्यायिक क्षेत्रमा भयानक समस्या भइहरेको छ। एउटा न्यायाधिशमाथि महाभियोग लगाएर सम्पूर्ण न्याय क्षेत्रको समस्या समाधान हुँदैन,’ ओलीले गठबन्धन दलको राजनीतिक कदमप्रति कटाक्ष गरे।

राष्टवादकै धङधङ्गी 

केपी ओलीले युवासँगको अन्तरक्रियामा राष्टप्रेम, देशभक्ति, पेट्रियोटिजमजस्ता शब्द बारम्बार दोहोर्याए। राष्ट्र नै सबैथोक भएकाले राष्ट्र विकासमा युवा लाग्नुपर्नेमा जोड दिए। जुन दल राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार छ उसलाई समर्थन गर्न युवा पुस्तालाई आग्रह गरे। जसको घुमाउरो संकेत हुन्थ्यो, नाकाबन्दीताका एमालेले लिएको राष्ट्रवादको अडान सही थियो। निर्वाचन नजिकिँदै गरेको अवस्था विगतका उपलब्धि सम्झाएर नजानिँदो किसिमले ओलीले युवालाई आकर्षित गर्न खोजेको देखिन्थ्यो।  

‘तपाईंहरूको अनुहारमा देश विकासको संकल्प देख्छु। त्यस्तोबला म अत्यन्त खुसी हुन्छु। आज फेरि युवाहरूको चेहरामा, अभिव्यक्तिमा त्यही देशभक्ति देख्दा औधि खुसी लागेको छ,’ ओलीले भने। उनले नेपालीहरू पौरखी पुर्खाका सन्तान भएको स्मरण गरेर बाँच्न युवालाई उत्प्रेरित गरे। नैतिक मूल्यमान्यतामा रहेर कर्मशील हुन जोड दिए। प्राध्यापक डम्बर चेम्जोङ भने जुन कुरा सुनाउँदा समाजका बहुसंख्यक मानिस आकर्षित हुन्छन्, त्यहीअनुकूल तथ्यलाई तोडमोड गरेर भाषणबाजी गर्ने प्रवृत्ति ओलीमा रहेको बताउँछन्। जुन शैली युवासँगको अन्तरक्रियामा पनि देखियो। 

‘हाम्रो समाज अतितप्रेमी छ। अर्थात् हिजो सबै राम्रो थियो आज बिग्रेको त हो भन्ने सोच ज्यादा छ,’ चेम्जोङ भन्छन्, ‘ओलीलाई समाजले विगतका कुरामा सन्तोष मान्छ भन्ने थाहा छ। यसैले उनी पुर्खाको गौरव–गाथा गाएर मानिसको मन जित्न खोज्छन्। यो चुतुर्याइँमात्र हो।’ 

प्रकाशित: Apr 20, 2022| 17:51 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...