सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • विराटनगरको मेयरका लागि एमालेबाट ६ जना सिफारिस, इटहरीबाट द्वारिकलालको नाम काटियो

Siddartha premir insuranceSiddartha premir insurance

विराटनगरको मेयरका लागि एमालेबाट ६ जना सिफारिस, इटहरीबाट द्वारिकलालको नाम काटियो

नेकपा एमाले प्रदेश १ ले विराटनगर महानगरपालिकाको प्रमुखका लागि पूर्व सामाजिक विकास मन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरेसहित ६ जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।
 |  बुधबार, वैशाख ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

विराटनगर– नेकपा एमाले प्रदेश १ ले विराटनगर महानगरपालिकाको प्रमुखका लागि पूर्व सामाजिक विकास मन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरेसहित ६ जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। 

triton college

घिमिरेको उम्मेदवारी प्रतिपक्षी दलका उम्मेदवार अनुसार अघि बढाउने–नबढाउने निर्णय हुने एक नेताले बताए। प्रदेश कमिटीले उनको नाम केन्द्रीय कमिटीलाई रायका रुपमा पठाएको छ। 

प्रदेश कमिटीले यसअघि महानगर कमिटीले दिएको सुझाव अनुसारकै नामलाई केन्द्रमा पठाएको छ। महानगर प्रमुखका लागि महानगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, पर्शुराम बस्नेत र महेश भट्टराई सिफारिस भएका हुन्।

महानगर उपप्रमुखका लागि शिल्पा कार्की, विमला दाहाल घिमिरे र अन्जु उपाध्याय शिवाको नाम सिफारिस गरेको प्रदेश कमिटीका सचिव चिन्तन पाठकले बताए। 

प्रदेश १ कमिटीले सुनसरीका इटहरी र धरान उपमहानगरका आकांक्षीहरुको नाम पनि सिफारिस गरेको छ। इटहरीको प्रमुखमा नगर कमिटी अध्यक्ष यामकुमार सुब्बा, बहालवाला उपप्रमुख लक्ष्मी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाईको नाम सिफारिस भएको छ। यसअघि नगर कमिटीले सिफारिस गरेका नगर प्रमुख द्वारिकलाल चौधरीको नाम भने काटिएको छ। उपप्रमुखमा संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएको छ।

Metro Mart
vianet

धरानको प्रमुखमा मोतिराज सुनुवार, बहालवाला उपप्रमुख मञ्जु भण्डारी, विजय राई र मनोज मेयाङ्बोसहित चारजनाको नाम सिफारिस गरेको छ। इटहरीमा यामकुमार सुब्बा, वर्तमान उपप्रमुख लक्ष्मी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाईको नाम पनि सिफारिस भएको छ।

त्यस्तै उपप्रमुखमा संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएको प्रदेश सचिव पाठकले जानकारी दिए। उनका अनुसार प्रदेश कमिटीले सिफारिस गरेका नामहरु केन्द्रीय कमिटीमा पठाइसकिएको छ।

प्रकाशित: Apr 20, 2022| 17:31 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।