आइतबार, मंसिर ७, २०८२

राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं–  मुख्यमन्त्री कप राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ। बुधबार धनगढीमा सम्पन्न फाईनलमा विभागीय प्रतिद्वन्दी नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो। 

National life

देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो। कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ।

उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ। सेमीफाईनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन्। दुबै टोलीले ४०–४० हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगिताको दोस्रो दिन मंगलबार लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका थिए। जहाँ पहिलो सेमिफाईनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हराउँदै फाइनल पुगेको थियो। दोस्रो सेमिफाईनल खेलमा एपिएफ क्लबले सुदूरपश्चिमलाई ३७–३२ ले हराएर फाइनलमा आर्मीसँगको भेट पक्का गरेको थियो।

प्रकाशित: Apr 20, 2022| 15:03 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।