सोमबार, असोज १२, २०८३

इम्पेरियल वर्ल्डमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा

बुढानिलकण्ठ हात्तीगौँडामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाइ हुने गरेको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं– हरेक अभिभावकको मनमा जिज्ञासा हुने गर्छ– आफ्ना बालबच्चालाई कहाँ पढाउने? कस्तो माहोल भएको विद्यालयमा पढाउने? अभिभावकहरुका यस्ता जिज्ञासालाई बुझेर शान्त र सुरक्षित वातावरणमा इम्पेरियल वर्ल्ड स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरको पठनपाठन सुरु गरिएको बताएको छ।

बुढानिलकण्ठ हात्तीगौँडामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाइ हुने गरेको छ। विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्न सक्ने सुसूचित एवं जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्य लिएको इम्पेरियल वर्ल्ड स्कुलले पाठ्यक्रममा मात्र आधारित पठनपाठनको पुरानो शैलीलाई परिष्कृत गर्दै सिकाइका नवीन माध्यमको प्रयोग गरी अध्यापन गराइरहेको विद्यालयकी सञ्चालक जुनिता शाही कार्कीले जानकारी दिइन्।

इम्पेरियल वर्ल्ड स्कुलले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग समन्वय गरी नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ। ‘स्कुलले नेपाल सरकारको पाठ्यक्रमलाई तालमेल गर्ने गरी अन्तर्राष्ट्रिय शिक्षण प्रणाली अवलम्बन गरेको छ। आईपीसी (इन्टरनेसनल प्राइमरी करिकुलम) र आईएमवाईसी (इन्टरनेसनल मिडल इयर्स करिकुलम) गरी दुईवटा पाठ्यक्रम उपलब्ध गराउँछ,’ विद्यालयकी सञ्चालक कार्कीले भनिन्, ‘हरेक देशमा भएको राष्ट्रिय पाठ्यक्रमसँग फिटिङ गर्ने पाठ्यक्रम भएकाले यो लागू गरेका हौं।’

उनका अनुसार इम्पेरियल वर्ल्ड स्कुलले नै आईपीसीलाई पहिलोपटक नेपालमा भित्र्याएको हो। विद्यालयले ५ देखि १२ वर्षका बालबच्चाहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन आइपीसीसँग तथा ११ देखि १४ वर्ष सम्मका बालबालिकाहरुको सर्वांगीण विकासको लागि आइएमवाइसीसँग समन्वय गरी अध्यापन गराइरहेको छ।

स्कुलले शैक्षिक पाठ्यक्रम मात्र नभई भौतिक पूर्वाधारलाई समेत उत्तिकै महत्व दिएको संचालक कार्कीले बताइन्। इम्पेरियलको भवन संरचना एक तले छ। २२ रोपनी क्षेत्रफलमा फैलिएको स्कुलका सम्पूर्ण भौतिक संरचनाहरु अपाङ्गमैत्री छन्। स्कुलले यहि वैशाख १० गते शनिबार ओपन हाउस सेसन संचालन गर्ने जनाएको छ।


प्रकाशित: Apr 20, 2022| 14:10 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्