काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बीमालेखहरुका लागि पुनर्जागरण अभियान शुरु गरेको छ। कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ।
यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ। यसका साथसाथै बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरु र उनीहरुसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ। अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको छ।
उक्त पुनर्जागरण अभियान यही बैशाख ७ गते देखि २६ गतेसम्म आफ्नो व्यतित भइसकेका बीमालेखहरु बिलम्ब शुल्क बिना नै नवीकरण गर्ने व्यवस्था गरी आफ्ना ग्राहकहरुलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ। बैशाख २६, २०७९ सालसम्म मात्र यो अभियान संचालन हुने हुँदा समयमा नै आफ्नो व्यतित भइसकेको बीमालेख नवीकरण गरी आफूलाई र आफ्ना परिवारलाई सुरक्षित गर्न कम्पनीले अनुरोध गरेको छ।