आइतबार, जेठ ३, २०८३

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईईको नतिजा सार्वजनिक गरेको छ। शनिबार बसेकव बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो। 

National life

 कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्ड बैठकले एसईईको नतिजासमेत प्रकाशन गर्ने निर्णय गरेको बोर्डले जानकारी दिएको छ। 

गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा प्रकाशन गरिएको हो। एसईईमा ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए।

केहीबेरमै नतिजा बोर्डको वेबसाइट  www.see.gov.np  www.neb.gov.np मा गएर हेर्न सकिने जानकारी बोर्डले दिएको छ। 

यस्तै विभिन्न फर्म र संस्थानबाट समेत नतिजा हेर्न सकिने बोर्डले सूचित गरेको छ। नेपाल टेलिकम, द कनसेप्ट प्लस, इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमा पनि नतिजा हेर्न सकिनेछ। 

परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ मा एसएमएस पठाएर, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। यस्तै नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ।

प्रकाशित: Aug 07, 2021| 15:35 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्