सोमबार, असोज १२, २०८३

तोलामा १५०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको जानकारी दिएको हो।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला एक हजार पाँच रुपैयाँले घटेको जानकारी दिएको हो।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख छ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय रुपैयाँ थियो।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ। तोलाको ३५ रुपैयाँले घटेर चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ।

प्रकाशित: Apr 20, 2022| 11:22 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्