बुधबार, फागुन २०, २०८२

लखनौलाई हराउँदै बैंगलोर आईपीएलको दोस्रो स्थानमा

दोस्रो स्थानमा रहेको लखनौं सुपर जायन्टलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिगमा आफू दोस्रो स्थानमा उक्लिएको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं – दोस्रो स्थानमा रहेको लखनौं सुपर जायन्टलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिगमा आफू दोस्रो स्थानमा उक्लिएको छ।

मंगलबार राति पटालीमा सम्पन्न भएको खेलमा बैंगलोरले १८ रनको जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १८१ रन बनाएको थियो। जवाफमा २० ओभर खेल्दै आठ विकेटको क्षतिमा लखनौले १६३ रन बनाएपछि बैंगलोरले जित निकालेको हो।

बैंगलोरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए। शतक बनाउन चार रनले चुलेका डुप्लेसिसले ११ चौका र दुई छक्का प्रहार गरेका थिए। त्यस्तै, सहबाज अहमदले २६ र ग्लेन म्याक्सवेलले २३ रन बनाए।

त्यसक्रममा लखनौंका ज्यासन होल्डर र दुशमन्थ चमिराले समान २,२ विकेट लिए।

kumari

१८२ रनको लक्ष्य पछ्याउने क्रममा लखनौंका क्रुणल पाण्ड्याले ४२, कप्तान केएल राहुलले ३० रन बनाए भने मार्कस स्टोइनिसले २४ रनको योगदान दिए। बलिङतर्फ जोस हाज्लेवुडले सबैभन्दा धेरै चारविकेट गिराएर लखनौंलाई लक्ष्य पुरा गर्न दिएनन्।

यो जितसँगै बैंगलोरले सात खेलबाट १० अंक जोडेको छ। बैंगलोर १० अंक जोड्ने पहिलो क्लब पनि बनेको छ। छ खेलबाट १० अंक बनाएको गुजरात भने शीर्षस्थानमा छ। लखनौ चौथो स्थानमा छ।

आईपीएलमा आज राति दिल्ली क्यापिटलले पञ्जाब किंग्सको सामना गर्दैछ।

प्रकाशित: Apr 20, 2022| 08:38 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।