आइतबार, मंसिर ७, २०८२

सलाहको दोहोरो गोलमा युनाइटेडविरुद्ध लिभरपुलको सानदार जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न भएको खेलमा लिभपरपुले सानदार जित निकालेको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न भएको खेलमा लिभपरपुले सानदार जित निकालेको छ। एनफिल्ड रंगशालामा भएको खेलमा घरेलु टिम लिभरपुलले युनाइटेडमाथि ४–० गोलको जित निकालेको हो।

National life

लिभपरपुलको जितका लागि मोहम्मद सलाहले दोहोरो गोल गरे। उनले खेलको २२ औं र ८५औं मिनेटमा गोल गरेका थिए। खेलको खेलको पाँचौँ मिनेटमै लुईस डियाजले गोल गरेर युनाइटेडविरुद्ध अग्रता बनाएका थिए।

त्यस्तै, दोस्रो हाफको पहिलो गोल भने साडियो मानेले गरे। उनले खेलको ६८औं मिनेटमा गोल गरेकाथिए।

यो जितसँगै लिभरपुल अक्टोबरयता पहिलो पटक अंकतालिकाको शीर्षस्थानमा पुगेको छ। तर एक खेल कप खेलेको म्यानचेस्टर सिटी लिभरपुलभन्दा दुई अंकले मात्र पछि छ। यसकारण अहिले लिगको उपाधिमा लिभरपुल र सिटीको निकै रोचक प्रतिस्पर्धा भइरहेको छ।

यता, शीर्ष चारको लागि संघर्ष गरिरहेको युनाइटेडले भने ३३ खेलबाट ५४ अंक जोडेको छ। ऊ अहिले छैटौं स्थानमा छ। चैथो स्थानको टोटेनहमले ३२ खेलबाट ५७ अंक बनाउँदा आर्सनलेले ३१ खेलबाट ५४ अंक जोडेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 20, 2022| 08:15 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।